Home / Feature Breaking news / महिलाहरुलाई सपीङ ब्याग बनाउने तालिम

महिलाहरुलाई सपीङ ब्याग बनाउने तालिम

दाङ, २३ असोज

दाङ महिला जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्तरगत छैठौ दिन सीपमूलक तालिम सम्पन्न भएको छ । घोराही उपमहानगरपासिलका वडा नम्बर १७ मा शुक्रवार सीपमूलक तालिम अन्तरगत एकदिने सपीङ ब्याग बनाउने तालिम सम्पन्न भएको हो ।

सप्ताहको छैठौ दिन घोराही उपमहानगरपालिका वडा नम्बर १७ का १७ जना महिलाहरुको सहभागीता रहेको थियो । प्याष्टिकको ब्यागले वारावरण प्रदुषण हुने भएकाले प्लाष्टिक निरत्साहित ब्याग बनाउने तालिमको आयोजना गरेको दाङ महिला जेसीजका अध्यक्ष जीवा भुषालले जानकारी दिनुभयो । प्याष्टिकमुक्त अभियानलाई सफल बनाउनकालागी तालिमले महत्वपूर्ण भूमीका खेल्ने भएकाले प्लाष्टिक निरत्साहित ब्याग बनाउने तालिमको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । तालिममा नारी सीप विकास समाजका अध्यक्ष विष्णु थापा रहनुभएको थियो ।


दाङ महिला जेसीजका अध्यक्ष जीवा भुषालको अध्यक्षता एव घोराही उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष अध्यक्ष खुसीराम चौधरीको प्रमुख आतिथ्य र नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तको विशिष्ठ आतिथ्यमा तालिमको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष खुसीराम चौधरीले सीपले मात्र आत्मनिर्भर बन्नकालागी सहज हुने बताउनुभयो । सीप सिकेर त्यसलाई सीपलाई व्यवहारमा कार्यान्वयन गरेर आयआर्जनमा लाग्न सम्पूर्ण महिलाहरुमा अनुरोध गर्नुभयो ।


कार्यक्रममा त्रिभवननगर जेसीजका अध्यक्ष माधव पौडेल, पूर्व अध्यक्ष विमला देवकोटा, तालिमका प्रशिक्षक नारी सीप समाजका अध्यक्ष विष्णु थापा, प्रगति महिला विकास बहुउद्धेश्य सहकारी संस्थाका अध्यक्ष द्रोपता न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम संयोजक दिलु मल्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दा महिला जेसीजका सदस्य अर्चना शर्माले आस्था पाठ गराउनुभएको थियो । सप्ताहव्यापी कार्यक्रमबारे मूल संयोजक नारायणी भण्डारीले जानकारी गराउनुभएको थियो । कार्यक्रममा सहभागीहरुलाई तालिम निर्देशक जुनु मगरले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण महासचिव संगिता गिरीले गर्नुभएको थियो ।

सप्ताहको भोली शनिवार समापन गरिने छ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको धार्मीक एवं पर्यटकीय स्थल बाह्रकुनेमा एक कार्यक्रमको आयोजना गरि समापन गरिने कार्यक्रम संयोजक सिन्धु रिजालले जानकारी दिनुभयो । विहान ११ बजे हुने कार्यक्रममा उपस्थित हुनकालागी उहाँले सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*