Home / समाचार / दाङको यातायाता सुचारु

दाङको यातायाता सुचारु

दाङ ५ असोज । जिल्लामा सार्वजनिक यातायातका साधनहरु चल्ने भएका छन् । मुलुकी संहिताको विरोधमा सवारी चालकहरुले असोज २ गतेदेखि यातायाताका साधन चलाएका छैनन् । शुक्रवार बसेको जिल्लाको सर्वपक्षिय बैठकले सवारी साधन चलाउने निर्णय गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षता एवम प्रदेश सासद उत्तर कुमार ओलीको प्रमुख आतिथ्यमा शुक्रवार बसेको सर्वपक्षिय बैठकले यातायाताका साधनको अवरोध हटाउने र तत्काल याुत्रहरुलाई सेवा दिने निर्णय गरेको हो ।

त्यो निर्णयलाई यातायाता मुजदरले समेत एक्यवद्धता जनाएका छन् । बैठकमा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी उपक्षिक कृष्णहरी शर्मा , नागरिक समाज, जिल्ला बार, राजनीतिक दल, अखिन नेपाल मजदुर संघ, स्वतन्त्र मजदुर संघ, राप्ती अञ्चल यातायाता व्यवसायी समिति, अम्वेकेश्वरी यातायाता र चालकहरुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*