Home / Feature Breaking news / राष्ट्रपतिका कारण गणतन्‍त्रभन्दा राजतन्‍त्र नै ठीक भन्‍ने जमात बढ्यो : शशांक कोइराला

राष्ट्रपतिका कारण गणतन्‍त्रभन्दा राजतन्‍त्र नै ठीक भन्‍ने जमात बढ्यो : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्‍त्री शशांक कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीका कारण गणतन्‍त्रभन्दा राजतन्‍त्र नै ठीक भन्‍ने जमात बढेको बताएका छन् । बीपी कोइराला युवा नेतृत्व विकास मञ्‍चले मंगलबार ३८औं बीपी स्मृति दिवसका अवसरमा आयोजना गरेको ‘भर्चुअल’ कार्यक्रममा महामन्त्री कोइरालाले राष्ट्रपति भण्डारीको क्रियाकलापले उनी नेपालको राष्ट्रपति नभई नेकपाको मात्र राष्ट्रपति भएको सन्देश गएको टिप्पणी गरे ।

उनले आमनागरिकमा कमसेकम राजा त तटस्थ हुन्थे भन्‍ने मानसिकता देखिएको जिकिरसमेत गरे । महामन्त्री कोइरालाले कांग्रेसको आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा इतरको समूहबाट एकजना मात्र सभापतिको उम्मेदवार हुने बताए ।

नले आफूहरुको समूहबाट को सभापतिको उम्मेदवार बन्‍ने भन्‍ने छलफल भइरहेको पनि बताए । कांग्रेसको नेतृत्व परिवर्तन गर्ने हो भने कसैले पनि म होइन हामी भनेर लाग्‍नुपर्ने कोइरालाको भनाइ थियो ।

कोइरालाले राजनीतिमा लागेपछि पार्टी सभापति हुने इच्छा सबैलाई हुने भन्दै अहिलेको अवस्थामा कांग्रेसमा नेतृत्व परिवर्तन आवश्यक रहेकाले सभापति देउवा इतरको पक्ष एक ठाउँ हुनुपर्ने बताए ।

उनले कांग्रेसको नेतृत्व परिवर्तनका लागि सबैले त्यागको भावना देखाउने बेला आएको पनि बताए । कोइरालाले महाविधेशनको मिति तय भइसकेपछि महाधिवेशनलाई प्रभावित पार्न मात्र सभापति देउवाले विभाग बनाउन लागेको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*