Home / Feature Breaking news / सुदुरपश्चिमका छात्रालाई महिला सामुदायिकको सहयोग

सुदुरपश्चिमका छात्रालाई महिला सामुदायिकको सहयोग

दाङ, १९ पुस

नेपाल महिला सामुदायिक सेवा केन्द्रले सुदुरपश्चीमका विद्यालयका विद्यार्थीहरुलाई स्वास्थ्य सामाग्र सहयोग गरेको छ । सुदुरपश्चिमको कञ्चनपुरका चार विद्यालयका १५ सय छात्राहरुलाई मास्क, सेनेटरी प्याड र साबुन प्रदान गरिएको हो ।

केन्द्रले सञ्चालन गरेको महिला स्वःरोजगार तालिम केन्द्रले उत्पादन गरेको मास्क, सेटेटरी प्याड एवं साबुनहरु छात्राहरुलाई सहयोग गरिएको हो । कञ्चनपुरको बैजनाथ मा.वि बेदकोट, शारदा मावि बेदकोट, जेसिज मा.वि र सरस्वति मावि अमरपुरका १५ सय छात्राहरुलाई मास्क, सेनेटरी प्याड र साबुन सहयोग प्रदान गरिएको नेपाल महिला सामुदायिक सेवा केन्द्रका सामाजिक विकास अधिकृत लक्ष्मी गुप्ताले जानकारी दिनुभयो ।

सुदुरपश्चिममा रहेको छाउपडी प्रथालाई न्युनिकरण र छात्राहरुको स्वास्थ्यमा सहयोग पुगोस् भन्ने उद्धेश्यकासाथ सुदुरपश्चिमका विद्यालयमा पुगेर विद्यार्थीहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*