Home / समाचार / जन्मदिनमा अपांगलाई खाद्यान्न सहयोग

जन्मदिनमा अपांगलाई खाद्यान्न सहयोग

दाङ,२० पुस । घोराहीमा एक युवाले आफ्नो जन्मदिनमा अपांग जीवन बिताइरहेका व्यक्तिलाई खाद्यान्न सहयोग गरेका छन् । घोराहीमा रहेको गुरुकुल एकेडेमीका शिक्षक विवेक शर्माले आफ्नो जन्मदिनको अवसरमा पारेर घोराही उपमहानगरपालिका–१५ काठेकोहल निवासी महाविर रोकालाई मंगलवार खाद्यान्न सहयोग गरेका हुन ।

उनले नेपाल पत्रकार महासंघका सचिव आर.के.शीतल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दाङ शाखाका अध्यक्ष राजेन्द्र दाहालको उपस्थीतिमा रोकालाई एक बोरा चामल, तेल, दाललगायतको खाद्यान्न सहयोग गरेका हुन । अपांगत जीवन बिताईरहेका रोका परिवारलाई सानो भएपनि सहयोेग गर्ने उद्देश्यले आफुले जन्मदिनमा खाद्यान्न सहयोग गरेको शर्माले बताएका छन् ।

घोराहीमा मजदुरी काम गर्दै आएका रोकाको २०६५ साल कार्तिक महिनामा ट्रकबाट हार्डवयर पसलका सामानहरु झार्ने क्रममा च्यापिएर घाइते भएका थिए । दुवै खुट्टाले काम नगर्ने भएपछि रोकाले अपांगत जीवन विताईरहेका छन् । आर्थिक अवस्था कमजोर रहेका रोकाले सहयोगका लागि सवैसँग अपिल समेत गरेहका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*