Home / समाचार / सचेतना कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरिने

सचेतना कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरिने

घोराही, १४ भदौ
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा सिंहले सचेतना कार्यक्रमलाई अभियानको रुपमा जिल्लामा सञ्चालन गरिने बताउनुभएको छ । सामुदायीक प्रहरी सेवा केन्द्र दाङले आज घोराहीमा आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक सिंहले केन्द्रसँगको समन्वयमा लैंगीक हिंसा, ट्राफिक सचेतना, लागुऔषध दुव्यर्सन विरुद्धको सचेतना लगायत विविध विषयमा सचेतना कार्यक्रम गर्ने बताउनुभयो ।

c

केन्द्रका अध्यक्ष विष्णु पुनको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले जिल्लामा सामुदायिक सेवा केन्द्रले समुदायमा खेलेको भूमीका पंशसनिय भएको बताउनुभयो ।

साथै जिल्लामा अपराध नियन्त्रणकालागि सधै जनतासँग हुने भन्दै उहाँले सहि सुचना दिएर सहयोग गर्न सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध गर्नुभयो । त्यस अवसरमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ को सदस्यमा निर्वाचीत हुने उपाध्यक्ष कृष्णा रानालाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा केन्द्रका सल्लाहकार भुपेन्द्र सुवेदी, अमृत रावत, कोषाध्यक्ष कैलाश रोका मगर, सदस्यहरु दिर्घनारायण पाण्डे, बसन्ता भण्डारी, लक्ष्मी जोशी, ईन्चार्ज प्रहरी नायव निरिक्षक विनोद डिसी, प्रहरी जवान पवित्रा खड्का, लीला जिएम, पुरन चन्दलगायतले मन्तव्य राख्नुभएको थियो । सहसचिव कुलबहादुर घर्तिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव आर.के.शीतलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*