घोराही, १४ भदौ
नेपाल विद्यार्थी संघ दाङका सदस्य बलदेव मल्लमाथि भएको आक्रमणप्रति नेविसंघ दाङले भत्सर्ना गरेको छ । नेविसंघ क्षेत्र नम्बर २ का सचिव समेत रहेका मल्लमाथि हिजो मंगलावार भएको आक्रमणप्रति विरोध गर्दै नेविसंघ जिल्ला समितिले आक्रमण गर्नेहरुमाथी कडा कारवाहीको माग गरेको छ ।
नेपाल विद्यार्थी संघका जिल्ला सचिव ऋषिश्वर न्यौपानेले आज बुधवार एक विज्ञप्ती जारी गरि घोराहीबाट घर जाने क्रममा मंगलवार बेलुकी घोराही उपमहानगरपालिका– १८ सानो काभ्रामा भएको हातपातको विरोध गर्दै दोषीलाई पक्राउ गरि कडा कारबाहीको माग गर्नुभएको छ ।
विज्ञप्तीमा विना कारण घरतर्फ गईरहेका मल्लमाथी जंगली शैलीमा पछाडीबाट आक्रमण गरेको भन्दै दोषीलाई तत्काल पक्राउ गरि कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरिएको छ । साथै दोषीलाई कारबाही नभएमा नेविसंघ चुप लागेर नबस्ने पनि विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताहरुमाथि पटक पटक हातपात हुने कार्यले संघको गम्भीर ध्यानाकर्षण भएको भन्दै आगामी दिनमा यस्ता कार्यहरु रोक्न सम्वन्धीत पक्षसँग माग गरेको छ ।
यस्तै नेविसंघका जिल्ला सदस्य निरज गिरी, नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस ईकाई सचिव कुलराज पोख्रेलले पनि आज एक संयुक्त विज्ञप्ती निकालेर घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गर्नुभएको छ ।
RaptiSandesh RaptiSandesh