Home / समाचार / सौडियारमा कांग्रेसको चुनावी भेला

सौडियारमा कांग्रेसको चुनावी भेला

घोराही, १५ मंसीर
घोराही उपमहानगरपालिका वडा नम्बर साविक सौडियारको राजपुरमा कांग्रेसको चुनावी कार्यक्रम सम्पन्न भएको छ । २१ गतेको निर्वाचनमा कांग्रेसलाई विजयी बनाउनकलागि लाग्ने भेलाले निर्णय गरेको छ ।

साविक सौडियार ईकाई सभापति कर्णबहादुर बुढाथोकीको अध्यक्षता एवं क्षेत्र नम्बर २ का प्रचारप्रसार समितिका संयोजक भुपबहादुर डाँगीको प्रमुख आतिथ्य एवं कांग्रेस नेता भिमप्रकाश खड्काको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले कांग्रेसको पक्षमा जनलहर आईसकेकाले सबै आफ्नो क्षेत्रबाट लाग्नु अनुरोध गरेका थिए ।

उनीहरुले यस क्षेत्रको विकासमा कांग्रेसको अहम् भूमीका रहेको भन्दै अझै विकास गर्नकालागि कांग्रेसको नेतृत्व चयन हुन आवश्यक भएको बताउनुभयो । कार्यक्रममा क्षत्रीय सदस्य रेखबहादुर वली, युवा नेता रमेशकुमार पाण्डे, नेता रेबबहादुर वली लगायतले भनाई राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*