सपना बोहरा
देउखुरी, १५ मंसिर ।
खरले छाएको झुपडी । रातो माटो अनि सेतो कमेरोले सजिएका घर । मुख्य पेशा कृषि, त्यो पनि भैसी पालन । खेतवारी प्रशस्त थियो । उब्जनी थिएन्, सिचाइको अभाव । पिउने पानीको त्यस्तै समस्या । सडक त छ मोटर नचल्ने । यो भोगाई हो, राजपुर गाउँपालिका वडा नं। तीन खरदरियाका यादव समुदायको ।
उनीहरुले बर्षौदेखि यस्तै–यस्तै समस्या भोग्दै आइरहेका छन् । यतिबेला चुनावी सरगर्मी चलेको छ । उम्मेदवारहरु मत माग्न विकासका योजनाहरु लिएर घर अनि बस्ती–बस्तीमा पुगेका छन् । यो यादव समुदायमा पनि ती उम्मेदवारहरु नपुगेका होइनन् । तर उम्मेदवारहरुको भाषण अनि आश्वासनले पटक्कै मन छोएन । त्यसैक्रममा पुगेकी थिइन्, नेपाली कांग्रेस क्षेत्र नं। १ की प्रतिनिधिसभा उम्मेदवार सुशीला चौधरी, क्षेत्र नं। १ ९१० का उम्मेदवार प्रदीप थापा ।
उम्मेदवारहरुले त्यहाँको वस्तुस्थिति, समस्या र मतदाताको अवस्थाको बारेमा बुझ्न नपाउँदै यादव समुदायकी एक महिलाले कुनै समस्या राखिनन् । ‘राजनीति के हो मलाई थाहा छैन्, विकास कस्तो हुन्छ अहिलेसम्म देखेको छैन, म कुनै राजनीतिको मान्छे पनि होइन् । पहिला तपाईले जित्नुस् अनि विकास माग्छांै’, राजपुर गाउँपालिका–३ खरदरियाकी हरिकला यादवले भनिन् ।
आँगनभरी लैनो भैसी बाँधिएको थियो । भैसीलाई दाना खुवाउने सुरसारमा रहेकी यादवले उम्मेदवार चौधरीलाई हौसला दिँदै भनिन्–‘तपाईलाई जिताउनको लागि म पनि तपाईसँग भोट माग्न हिँड्छु ।’ उनले अगाडि भनिन्– गाउँ विकास गर्नको लागि पहिले राम्रो नेतालाई जिताउनु पर्छ भन्ने हाम्ले बुझेका छौं’, उनले हसिलो पारामा थपिन् ।
चुनाव अगाडि विकास गरिदिन्छु भन्ने धेरै नेताहरु चुनावपछि फर्केर नआएको र फोन पनि नउठाउने गरेको उनले दुखेसो पोखिन् । नेपाली कांग्रेसले सार्वजनिक गरेको अपिल पढिसकेको र ती अपिललाई पूरा गर्नको लागि प्रतिनिधि सभाका उम्मेदवार चौधरीलाई जिताएर विकास माग्ने खरदरियाका सैदास यादवले बताए ।
‘पहिलेको चुनावमा पनि हामी ९यादव समुदाय०ले भोट हालेर जितायांै’, सैदासले भने– ‘कसैले फर्केर हेरेनन् ।’ चुनाव जितिसकेपछि मात्र यादव समुदायको वस्तीमा आएर विकास गरिदिन चौधरीलाई अनुरोध गरेका थिए । हरिकला र सैदास मात्र होइन् यादब समुदायका अधिकांशले पहिले चुनाव जितिसकेपछि मात्र विकास माग्ने बताएका थिए ।
‘हेर्नुस्, हामीले उत्पादन गरेको दूध बेच्नका लागि दाङ ९घोराही जाने आउने गरेर तीन सय रुपैयाँ भाडा तिर्नुपर्छ, बाँकी पैसाले घर परिवारको गुजारा चलाउँदै आएका छौं’, निर्वतमान सांसद तथा प्रतिनिधि सभाकी उम्मेदवार चौधरीलाई समस्या देखाउँदै सैदासले भने– ‘आजसम्म त हाम्रो गुजारा चलेको छ, पहिला तपाईले जित्नुस् ।’ मत माग्नको लागि यादव समुदायको बस्तीमा पुगेकी उम्मेदवार चौधरीलाई चुनावमा मत दिने र अन्य वस्तीमा चुनावी माहोल बनाउनको लागि सुझाव दिएका थिए ।
उम्मेदवार चौधरीले निर्वाचनमा मतदाताहरुको मन जित्नको लागि झुठ्ठा आश्वासन नदिने र चुनाव जिताएपछि मतदाताहरुको आवश्यकतालाई बुझेर विकास गर्ने बताइन् । ‘तपाईले मत दिएर जिताउनुस्, तपाईको वस्तीको विकास हामी गर्छौ’, चौधरीले यादव समुदायलाई विश्वास दिलाउँदै भनिन्– ‘नेपाली कांग्रेस जे भन्छ, त्यो पूरा गर्छ ।’