Home / Feature Breaking news / घोराही हार्डवेयर व्यवसायी समितिकाे अध्यक्षमा पुनः के.सी

घोराही हार्डवेयर व्यवसायी समितिकाे अध्यक्षमा पुनः के.सी

हिमाल महरा
घाेराही, २१ साउन
घोराही हार्डवेयर ब्यबसायी समिति घोराही दाङको अध्यक्षमा पुन: दामाेदर केसी चयन हुनुभएकाे छ । शजिवार भएकाे तेस्रो साधारण सभा तथा दोस्राे अधिवेशनबाट पुन: केसी अध्यक्षमा चयन हुनुभएकाे हाे ।

घोराही हार्डवेयर ब्यबसायी समितिको अध्यक्ष दामोदर के.सीकाे अध्यक्षता तथा दाङ जिल्ला उधोग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको प्रमुख अतिथ्यमा भएकाे अधिवेशनले केसीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
जसकाे उपाध्यक्षमा अम्मरराज भुसाल, सचिवमा किरणकिशाेर रेग्मी, सह सचिवमा अनिरुद्र शर्मा कोषाध्यक्षमा पदमप्रसाद भन्डारी र सदस्यहरुमा भरत के.सी, पल्बमान थापा, बलदेव योगी, गोकर्ण पाण्डे, समीर पन्त रहनुभएकाे छ ।
घोराही हार्डवेयर ब्यबसायी समितिको उपाध्यक्ष अम्मराज भुसालको स्वागत मन्तव्यबाट सुरु भयको कार्यक्रमको सञ्चालन पत्रकार पर्वति बस्नेतले गर्नु भयको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*