Home / Feature Breaking news / लागुऔषध र साईबर अपराध विरुद्ध सचेतना

लागुऔषध र साईबर अपराध विरुद्ध सचेतना

घोराही, ३१ साउन

घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा लागुऔषध र साईबर अपराध विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द दाङको आयोजनामा घोराही उपमहानगरपालिका वडा नम्बर १७ को गैरागाँउमा सचेतना कार्यक्रम भएको हो । नेपाल महिला सामुदायिक सेवा केन्द्र र नागरिक आवाज ललितपुरको सहकार्यमा सञ्चालित महिला शान्ति र सुरक्षा कार्यक्रम अन्तरगत सचेतना कार्यक्रम गरिएको हो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक(डिएसपी) मुकुन्दप्रसाद रिजालले लागुऔषध र साईबर क्राईम विरुद्धमा प्रशिक्षण गर्नुभएको थियो । रिजालले लागुऔषध भनेको के हो, लागुऔषधको प्रकार, दुव्र्यसनका कारण, यसबाट बच्ने उपायहरु, कानुनी व्यवश्था लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

यस्तै पछिल्लो समयमा मोबाईल प्रयोगले पारेको सामाजिक असरर कानुनी व्यवस्था लगायतका विषयमा प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले समाज सचेत बनाउनकालागी यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमीका खेल्ने बताएका थिए । युवाहरुमा लागुऔषध र साईबर क्रामईमको समस्या देखिएकाले स्यवं युवा र अभिभावकहरु सचेत हुन आवश्यक रहेको उनीहरुको भनाई थियो ।

कार्यक्रममा महिला शान्ति र सुरक्षा कार्यक्रम प्रमुख रमेश के.सी, समुदाय साझेदारी कार्यक्रमका इञ्चार्ज दिपक शर्मा, सहभागीहरु अभिभावक सीता शर्मा, बाल क्लबका बन्दना पुन, कल्पना बिकले भनाई राख्नुभएको थियो । नवप्रतिभा बाल क्लबका सदस्य बन्दना न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ले कार्यक्रमबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रमको सहजिकरण महिला शान्ति पहलकर्ता एवं नव गैरागाँउ टोल विकास संस्थाका अध्यक्ष धरमपति चौधरीले गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय दाङसँगको समन्यवय र नव गैरागाँउ टोल विकास संस्था एवं नवप्रतिभा बाल क्लब गैरगाँउको क्रियाशीलतामा कार्यक्रम गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*