Home / Feature Breaking news / कांग्रेसमा एकताको सन्देश : टिकटको आकाक्षी नै प्रस्तावक र समर्थक

कांग्रेसमा एकताको सन्देश : टिकटको आकाक्षी नै प्रस्तावक र समर्थक

घोराही, २२ कार्तिक

मंसीर १४ गते हुने उपनिर्वाचनकालागि विहीवार सम्पूर्ण दल एवं स्वतन्त्र उमेद्वारहरुले मनोनयन दर्ता गरेका छ्न् । निर्वाचन आयोगले दिएको तालिका अनुसार विहीवार बिहान १० बजेदेखी दिउसो १ बजेसम्म विभिन्न दलका उमेद्वारहरु र स्वतन्त्र उमेद्वारहरुले मनोनयन दर्ता गरेका हुन् ।

जस अनुसार दाङमा पनि १२ दल र २ स्वतन्त्र गरि १४ जनाको उमेद्वारी परेको छ । जिल्लाको क्षेत्र नम्बर ३ (ख) मा हुने निर्वाचनकालागि उनीहरुले मनोनयन दर्ता गरेका हुन् । प्रदेश सभा सदस्य उत्तरकुमार वलीको सवारी दुर्घटनामा परि निधन भएपनि यस निर्वाचन क्षेत्रमा निर्वाचन हुन लागेको हो ।

मनोनयन दर्तामा नेपाली कांग्रेस र नेकपाले मनोनयन दर्ताकालागि ठुलो संख्यामा सहभागिता जनाउदै नाराबाजी सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । नाराबाजी एवं बाजागाजा सहित पुगेको टोलीमा दलका जिल्लाबाट प्रतिनिधित्व गर्ने नेताहरुको पनि सहभागिता रहेको थियो ।

मनोनयन दर्तासँगै नेपाली कांग्रेसले एकताको सन्देश दिएको छ । विशेष गरि निर्वाचनको समयमा असन्तुष्ट रहेका नेताहरुले सहयोग नगरेको भन्ने आरोप खेप्दै आएको कांग्रेसले विहीवार भने मनोनयन दर्तादेखी नै एकताको सन्देश दिएको हो ।

प्रदेश सभा सदस्यकालागि धेरै नेताहरु आकांक्षी रहेका थिए । १४ जनाको नाम केन्द्रिय समितिका सिफारिस गरिएको थियो । १४ जनामध्यबाट कांग्रेसले पुराना नेता केशवराज आचार्यलाई उमेद्वार बनाएको छ । मनोनयन दर्ताको क्रममा उनीसँगै टिकटको आकाक्षी रहेका नेताहरु पनि पुगेका थिए । आचार्यको समर्थक र प्रस्तावकमा टिकटको आकांक्षी रहेका नेताहरु नै बसे ।

आचार्यको मनोनयनकालागि टिकटको आकाक्षी रहेका नेपाली कांग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगी र समर्थकमा अर्का आकाक्षी जगतबहादुर खड्काले हस्ताक्षर गरे । उनीहरु उमेद्वार बन्नकालागि टिकटको बलिया दाबेदार मानिएका नेताहरु हुन् ।

मनोनयनमा टिकटको आकाक्षीहरु नै प्रस्तावनक र समर्थक बनेपछि कांग्रेसबाट एकताको सन्देश दिएको चर्चा चलेको थियो । यसरी एकताको सन्देश दिईरहदा ¥यालीमा सहभागि कार्यकर्ताहरुमा पनि उत्साह देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*