कार्तिक,२१ दाङ । आगामी मंसिर १४ हुने दाङ क्षेत्र नं.३ को (ख) मा प्रदेशसभा सदस्यका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य दलहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेसलगायतका दलहरुले उम्मेदवारी दर्ता गराएका छन । उम्मेदवारी दर्ता गराउनेमा दुई जना स्वतन्त्र समेत रहेका छन ।
उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार केशव कुमार आचार्यले उम्मेदवारी दर्ता गराएका छन । उनले नेपाली काग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीको प्रस्तावक र क्षेत्र नं. ३ का सभापति जगत खड्काको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन ।
त्यस्तै नेकपाबाट क्षेत्र नं. ३(ख) प्रदेशसभा सदस्यमा विमला कुमारी खत्री (वली)ले उम्मेदवारी दर्ता गराएकी छिन । उनले नेकपाका पुराना नेता शोभाराम बस्नेतको प्रस्तावक तथा मेघनाथ शाह समर्थकमा वलीले उम्मेदवारी दर्ता गराएकी छिन ।
त्यसैगरी राप्रपा पाटीको तर्फवाट भुपाल रावत, साझा पार्टीबाट शिबकुमार चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फवाट धनराज सुनार, नेपाल मजदुर किसान पार्टीबाट सुरेश परियार, राप्रपा संयुक्त पार्टीबाट छोटीलाल थारु, नेकपा मालेबाट हरिप्रसाद डाँगी, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, मंगोल नेशनल पार्टीवाट घनश्याम चौधरी, लोकतान्त्रिक पार्टीवाट झरेन्द्रबहादुर खत्री, नेपाली कांग्रेस (विपी)बाट दीपककुमार धितालले उम्मेदवारी दर्ता गराएका छन ।
त्यस्तै प्रदेशसभा सदस्यका लागि दुई जनाले स्वतन्त्र उम्मेदवारी गराएका छन । प्रदेशसभा सदस्यका लागि गोबिन्द विसी र टिकाराम आचार्यले उम्मेदवारी दर्ता गराएको मुख्यनिर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिएका छन । निर्वाचन तालिमका अनुसार विहान १० बजेदेखि दिउँसो १ बजेसम्म उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन ।
RaptiSandesh RaptiSandesh