Home / Feature Breaking news / कांग्रेसबाट केशव आचार्यको मनोनयन दर्ता

कांग्रेसबाट केशव आचार्यको मनोनयन दर्ता

घोराही, २१ कात्तिक
दाङ क्षेत्र नम्बर ३ ‘ख’ मा हुन लागेको प्रदेससभा सदस्यको उपनिर्वाचनका लागि नेपाली कांग्रेसका केशवराज शर्मा आचार्यको उम्मेदवारी दर्ता भएको छ ।

उनको प्रस्तावकमा कांग्रेस जिल्ला सचिव शंकर डाँगी र समर्थकमा क्षेत्रीय सभापति जगत बहादुर खड्का छन् । दाङ क्षेत्र नं। ३ ९ख० मा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका केशबकुमार आचार्य दाङ कांग्रेसका पुराना नेता हुन् ।

पञ्चायतकालदेखि कांग्रेसको राजनीतिमा संलग्न भएर लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका आचार्यले त्यस क्रममा पटक–पटक जेलजीवन बिताएका छन् ।

हाल पार्टीको महासमिति सदस्य रहेका उनी ०५४ को स्थानीय निकायको निर्वाचनबाट तत्कालिन जिल्ला विकास समितिको सदस्य भएका थिए । हाल उनी नेपाली कांग्रेसको महासमिति सदस्य हुन् ।

मनोनयन दर्तापछि पत्रकारसँग कुरा गर्दै आचार्यले दाङ राजधानीसँगै निर्वाचन क्षेत्रको विकासकालागि आफू लागिपर्ने बताए । उनले भ्रष्टाचार निर्मूल पार्नुपनि आफ्नो प्राथकिता रहेको बताएका थिए ।

मनोनयन दर्ताकालागि उनीसँगै नेपाली कांग्रेसका नेताहरु पनि पुगेका थिए । पूर्व सिचाई मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरी, सांसद एवं नेपाली कांग्रेसका कन्द्रिय सदस्य पार्वति डिसी चौधरी, राष्टिय सभा सदस्य अनिता देवकोटा, सांसद विमला नेपाली, सांसद अर्जुन श्रैष्ठ, संविधानसभा सदस्य राजु खनाल, कांग्रेसका जिल्ला पूर्व सभापति विरकेशरी गौतम, निवर्तमान अध्यक्ष घनश्याम रेग्मी लगायतका नेताहरु रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*