Home / Feature Breaking news / नेकपाबाट विमला वलीको उमेद्वारी

नेकपाबाट विमला वलीको उमेद्वारी

दाङ, २१ कार्तिक

मंसीर १४ गते हुने उपनिर्वाचनकालागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट विमला खत्री वलीले मनोनयन दर्ता गर्नुभएको छ । वलीले नेकपाका नेताहरुसहित पुगेर मनोनयन दर्ता गरेकी हुन् ।

मनोनयन दर्ता गर्दै वलीले पश्चिम दाङको विकासका लागि आफ्नो उमेद्वारी रहेको बताउनुभयो । उहाँले श्रीमान स्वर्गीय उत्तरकुमार  वलीले सुरु गरेका विभिन्न कामहरु पुरा गर्नकालागि उमेद्वारी दिएको बताउनुभयो ।

श्रीमानका अधुरा सपनाहरु पुरा गर्नकालागि निर्वाचनमा उमेद्वार बनेको उनको भनाई थियो । वली स्वर्गीय प्रदेश सभा सदस्य उत्तरकुमार वलीकी धर्मपत्नी हुन् ।
मनोनयन दर्ता गर्नकालागि उनीसँगै पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल, पूर्व सभामुख ओनसरी घर्ति, राष्ट्रिय सभा सदस्य कोमल वली लगायतका नेताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*