Home / Feature Breaking news / खुमबहादुर खड्का स्मृति भलिवल जारी राजपुर,लमही, शान्तिनगर र घोराही बिजयी

खुमबहादुर खड्का स्मृति भलिवल जारी राजपुर,लमही, शान्तिनगर र घोराही बिजयी

दाङ, २२ माघ ।

घोराहीमा जारी लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशीको ‘दोश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता–२०७९’ को तेस्रो दिनका खेलहरुमा राजपुर,लमही, शान्तिनगर र घोराही उपमहानगरपालिका बिजयी भएका छन् ।

घोराही उपमहानगरपालिका–१५ सहिद मञ्चमा आइतबार बिहान भएको राजपुर गाउँपालिका र बबई गाउँपालिकाबिचको पहिलो खेलमा ३–१ को सेटमा राजपुर गाउँपालिकाको टिम बिजयी भएको छ । राजपुरले पहिलो सेटमा २५–१७ ले जितेर दोस्रो सेटमा २२–२५ ले हार्न पुगेको थियो । त्यसपछिका दुई सेट लगातार २५–२२ र २५–१८ ले जित्दै प्रतियोगिताको लिग चरणको खेलमा राजपुरको टिमले दोस्रो जित निकाल्न सफल भएको हो ।

आइतबार बिहानको भएको दोस्रो खेल लमही नगरपालिका र गढवा गाउँपालिकाबिच भएको खेलमा ३–१ सेटले लमही बिजयी भएको हो । लमहीले २५–२१–१८–२५,२५–१८–२५–२० सेटमा हराउँदै जारी प्रतियोगितामा दोस्रो जित निकाल्न सफल भएको थियो । पहिलो सेट हारेर दोस्रो सेटमा जित निकाल्दै प्रतियोगितामा फर्कने प्रयास गरेपनि गढवाले जित निकाल्न नसकेपछि पराजित हुन पुगेको हो ।

तेस्रो खेलमा शान्तिनगर गाउँपालिका बिजयी भएको छ । शान्तिनगर गाउँपालिकाको टिमले २५–१२, २५–१७ र २५–२० को सोझो सेटमा बंगलाचुलीलाई हराउँदै बिजयी भएको हो । प्रतियोगितामा दुई खेल खेलिसकेको बंगलाचुली गाउँपालिकाको टिम जित विहिन रहेको छ । त्यसैगरी आइतबार दिउँसो भएको अन्तिम खेलमा घोराही उपमहानगरपालिकाको टिम २५–१४, २५–२१ र २५–१८ ले बिजयी भएको छ । घोराही उपमहानगरपालिकाले लगातार दुई खेल जित्दा दंगीशरण गाउँपालिका जीत विहिन छ ।

प्रतियोगिताको विजेताले नगद दुई लाख पच्चीस हजारसहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । उपविजेताले एक लाख १२ हजार पाँच सय, तेश्रो हुने टिमले ५६ हजार २ सय ५० र चौथो हुने टिमले २८ हजार १ सय ३२ रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*