Home / Feature Breaking news / सिस्ने खोलाबाट १० ट्रेक्टर नियन्त्रणमा

सिस्ने खोलाबाट १० ट्रेक्टर नियन्त्रणमा

 

दाङ २० बैशाख । जिल्ला समन्वय समिति दाङले १० वटा टे«क्टर नियन्त्रणमा लिएको छ । समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको नेतृत्वमा गएको अनुगमन टोलीले घोराही उपमहानगरपालिका ४ को सिस्नेखोलाबाट अवैध रुपमा ढुंगा निकास गर्दै गरेको अवस्थामा टे«क्टर नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएको टे«क्टरहरु जिल्ला प्रहरीलाई जिम्मा दिएको समन्वय समितिका प्रमुख नेपालीले वताए । यसअघि पनि त्यस क्षेत्रबाट जिल्ला समन्वय समितिले १३ वटा साधन नियन्त्रणमा लिएको थियो । अनुगमन टोलीमा समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेल, सदस्यहरु तीला बुढा, लोकाकुमारी विश्वकर्मा र प्राविधिक थमप्रसाद पाण्डेको सहभागिता थियो ।

फाईल फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*