Home / Feature Breaking news / दाङमा प्रालिका गाडी सञ्चालनमा समितिका गाडी बन्द

दाङमा प्रालिका गाडी सञ्चालनमा समितिका गाडी बन्द

दाङ,२१ बैशाख । यातायात व्यवसायीहरुको आन्दोलनका कारण शुक्रवार बिहानैदेखि दाङमा यातायात सेवा बन्द छ । समिति अन्तर्गतका कुनै पनि गाडीहरु सञ्चालनमा आएका छैनन् । जिल्लाका विभिन्न यातायात समितिले सरकारलाई दवाफ स्वरुप गाडी सञ्चालनमा रोक लगाउँदा जिल्लाका लामो तथा छोटो दुरीमा समितिका गाडीहरु सञ्चालनमा आएका छैनन् ।प्रालिका गाडीहरु भने सञ्चालनमा आएका छन ।

सरकारले आगामी असारदेखि समितिहरू नवीकरण नगर्ने तथा समितिहरू खारेज गर्ने निर्णय गरेपछि त्यसको विरोधमा समितिहरू आन्दोलनरत छन । यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्देशन अनुसार दाङसहित देशभर आज समिति अन्तर्गतका बसहरु चलेका छैन ।

मलिका कालिका यातायात प्रालि, चन्द्रसुर्य यातायात प्रालि, साहारा यातायात प्रालि, पाण्डबेश्वरी यातायात प्रालि, स्मार्ट नेपाल देउखुरी यातायात प्रालि, नमस्ते राप्ती यातायात प्रालिलगाएतले भने गाडी सञ्चालनमा गरेका छन । सार्वजनिक यातायातका साधानहरुसँगै ट्रक,टिप्पर,टेक्टरलगाएतका सम्पुर्ण यातायातका साधनहरु बन्द हुदा यात्रुहरुलाई अप्ठेरो परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*