Home / Feature Breaking news / देउवाद्धारा निधि,खड्का र महतलाई पदाधिकारीमा मनोनयन, पौडेल समूहको विरोध

देउवाद्धारा निधि,खड्का र महतलाई पदाधिकारीमा मनोनयन, पौडेल समूहको विरोध

काठमाडौं,२१बैशाख । नेपाली कांग्रेसमा विवादका बीच पदाधिकारी मनोनयन भएको छ ।
कांग्रेसको उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशशरण महत मनोनित भएका छन् ।

पदाधिकारी मनोनयनप्रति नेता रामचन्द्र पौडेल पक्षले भने विरोध जनाएका छन् ।

पदाधिकारी मनोनित तीनै जना नेता प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका हुन् । निधि धनुषा, खड्का सु्र्खेत र महत काठमाडौंबाट चुनाव हारेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*