Home / Feature Breaking news / हटाइएका मन्त्रीहरुले बहिष्कार गरे प्रधानमन्त्रीको रात्रिभोज

हटाइएका मन्त्रीहरुले बहिष्कार गरे प्रधानमन्त्रीको रात्रिभोज

काठमाडौँ,८ मंसिर । कार्यकालको करिब दुई वर्ष हुन लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरे। श्रममन्त्री गोकर्ण विष्ट, संघीय मामिलामन्त्री लालबाबु पण्डितसहित नौजनालाई विदा गरेर ओलीले अन्यलाई अवसर दिए।

कार्यसम्पादन मूल्याङ्कनमा अब्बल मानिएका गोकर्ण र लालबाबुसहितको बिदाइले चर्को आलोचना खेपिरहेका ओलीले शनिबार नयाँ नौमन्त्रीसहितलाई रात्रिभोज आयोजना गरेका छन्। मन्त्रिमण्डल हेरफेरपछि प्रम ओलीले बालुवाटारमा मन्त्रीहरुका लागि रात्रिभोज आयोजना गरेका हुन्। उक्त रात्रिभोजसम्बन्धी तस्बिरहरु मन्त्रीहरुले आफ्नो फेसबुकमार्फत् सार्वजनिक गरेका छन्।

मन्त्रीहरुले प्रधानमन्त्रीलाई भेट्नै मुश्किल परेको गुनासो गरिरहेका बेला प्रमले सम्बन्ध मजबुत बनाउनका लागि यो रात्रिभोज आयोजना गरेको उनको सचिवालयको भनाइ छ। बहिष्कार यो रात्रि भोजमा बुधबार मात्रै ओलीले हटाएका नौजना मन्त्रीलाई पनि दम्पतिसहित आउन प्रधानमन्त्रीको सचिवालयले निम्ता पठाएको थियो। तर अक्षम भन्दै प्रमबाट बर्खास्त गरिएका सबै नौजना मन्त्रीले यो रात्रिभोज बहिष्कार गरेका छन्।

उनीहरुमध्ये केहीले कार्यसम्पादन मूल्याङ्कनको बेवास्ता गर्दै प्रमबाट गरिएको बर्खास्तीले आफूहरुको अपमान भएको ठानेका छन्। बुधबार हटाइएका हामी सबै मन्त्रीहरुलाई पनि दम्पत्तिसहित बालुवाटारबाट बोलावट भएको थियोु, एकजना पूर्वमन्त्रीले भने, मन्त्री हुन्जेल भेटका लागि कयौँ पटक समय माग्दा नदिने, अनि अहिले चाहिँ रात्रिभोजमा बोलाउनुको के अर्थ ? हामी कोही पनि उक्त रात्रिभोजमा सहभागी भएनौँ। बालुवाटारबाट रात्रिभोजका लागि आफूलाई पनि टेलिफोन आएको जानकारी बुधबार बर्खास्तीमा परेका निवर्तमान उद्योगमन्त्री मातृका यादवले पुष्टि गरे।

मलाई पनि बालुवाटारबाट फोन आएको थियोु, उनले भने,‘तर फुर्सद निकाल्न नसकेका कारण रात्रिभोजमा जान पाइनँ।ु तत्कालीन एमालेबाट मन्त्री भएर हटेका एकजनाले अब त्यो रात्रिभोजको अर्थ नभएको बताए । पहिला चाहिँ भेट्नै दिनुभएन, अहिले हटाइसकेपछि बालुवाटारमा भोज खान जानुको अर्थ छैनु, ती पूर्वमन्त्रीले भने,‘बर्खास्त गरेपछि भोज खुवाउन बोलाएर के सन्देश दिन खोज्या होला प्रधानमन्त्रीले ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*