तुलसीपुर, १ असार ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ लाई वालमैत्री वडा वनाउन लागिपर्ने सरोकारावालाहरुले प्रतिवद्धता जनाएका छन् । बा११ नम्वर वडा कार्यालयको आयोजनामा सञ्चालित वाल मैत्री अवधारणा विषयक २ दिने अभिमुखिकरण कार्यक्रमको समापन अवसरमा वडाका प्रतिनिधि तथा वडाका सरोकारावालहरुले वताएका हुन् । साथै उनीहरुले भोलीको अशल नेतृत्व र समृद्ध समाजका लागी वालवालिकाहरुलाई अहिले देखि नै सकारात्मक सोच अनुरुप अगाडि वढाउनुपर्नेमा जोड दिएका थिए ।
वडा अध्यक्ष चित्र वहादुर वलीको अध्यक्षता एवं पुर्व जिल्ला विकास समितिका सदस्य तथा कांग्रेस नेता केशव आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता डिल्लीराज आचार्य, वडा सदस्यहरु घनश्याम गौतम, सुवास डांगी, निर्मा चौधी, तुलसीपुर उपमहानगरपालिकाको कार्यालयकी प्रतिनिधि मायां श्रेष्ठ, वडा सचिव भुवनेश्वर अधिकारी लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सहजिकरण वडा कार्यालयकी कर्मचारी लक्ष्मी चौधरीले गरेकि थिईन् ।
२ दिन सम्म सञ्चालन भएको कार्यक्रममा प्रशिक्षक तुलसीपुर उपमहानगरपालिकाको कार्यालयका महिला तथा वालवालिका विभागकी मायां श्रेष्ठले वाल अधिकार, वाल मैत्री स्थानिय शाषन लगायतका विषयमा प्रशिक्षण दिएकि थिईन् ।