Home / Feature Breaking news / सामुदायिक बनमाथि राज्यको हस्तक्षेप नरोकिए देशब्यापी आन्दोलन गर्ने चेतावनी

सामुदायिक बनमाथि राज्यको हस्तक्षेप नरोकिए देशब्यापी आन्दोलन गर्ने चेतावनी

दाङ, १४ पुस । स्थानीय जनताले संरक्षण गरेको सामुदायिक वनमाथि सरकारले तेहेरो कर लगाएको बिरोधमा सामुदायिक बन उपभोक्ता महासघले सोमबार बुटवलमा प्रदर्शन र सभा सम्पन्न गरेको छ । तेहेरो कर तुरुन्त फिर्ता गर्न माग गर्दै ५ न प्रदेशका दाङ सहितका सबै जिल्लाका सामुदायिक बनका उपभोक्ता बिरोध प्रदर्सन र सभाका गरेका हुन ।

बिरोध सभालाई सम्बोधन गर्दै सामुदायिक वन उपभोक्ता महासघका संघीय अध्यक्ष भारती पाठकले सामुदायिक बनको अधिकार कटौती गर्न राज्य लागेको आरोप लगाउनु भयो । लोकतन्त्रका लागि लडेको र विश्वकै नमुना कार्यक्रमका रुपमा रहेको सामुदायिक बनको अभियानलाई असफल गराउन राज्य लागेको आरोप लगाउनु भयो । बनको क्षेत्रमा कर्मचारीले मन्त्री र साम्सदलाइ रनभुल्ल पारी उपभोक्ताको अधिकार कटौती हुने गरि नियम कानुन बनिरहेको उहाको जिकिर छ ।
बन महासङका उपाध्यक्ष भिम प्रकाश खड्काले आफ्नो अधिकार रक्षाका लागि सामुदायिक बन फेरि एक पटक आन्दोलनमा जानू पर्ने स्थिति आएको बताउनु भयो । बन कर्मचारीले उपभोक्तालाई अलमलमा पार्ने र झुक्याएर बनका नियम बनाएको भन्दै खड्काले बन समूहले बनको बिधान र कार्ययोजना अनुसार काम गर्न नपाएको गुनासो गर्नुभयो ।
बिरोध सभामा दाङका ५ सय बढी बन समूहको प्रतिनिधित्व हुने गरि दुइ हजार बढी सामुदायिक वनका उपभोक्ता बुटवलमा पुगेको सामुदायिक वन उपभोक्त महासङ्ग दाङले जनाएको छ । बन महासघ दाङको जिल्ला कार्यसमितिको पुस ८ गतेको निर्णय अनुसार दाङका दस वटै स्थानीय बन महासघको नेतृत्वमा सामुदायिक वनका उपभोक्ताहरु आन्दोलनका बुटवल पुगेको बन महासङ्ग दाङका प्रवक्ता हेमराज शर्माले जानकारी दिनु भयो ।

कार्यक्रममा बोल्दै बन महासघका महासचिव बिर्ख बहादुर शाहिले सामुदायिक वन समूहलाई तीनै तहका सरकारले छुट्टाछुट्टै गरी ९० प्रतिशत कर लिनु अवैज्ञानिक भएको भन्दै देशब्यापी आन्दोलनमा उत्रनुपरेको बताउनु भयो । वन र वातावरण संरक्षणमा सामुदायिक वन समूहले गरेको योगदानका कारण नेपाल विश्वसामु सामुदायिक वनको देशका रूपमा परिचित हुन सफल भएको भन्दै उहाले बन महासघले एकद्वार प्रणालीबाट कर लिन सरकारसँग माग गरेको छ।
सचिव ठाकुर भण्डारीले सरकार र वन कर्माचारीबाट वनमाथि पटक–पटक आक्रमण गर्ने गरेको निस्कर्स सहित बन महासघले तीनै तहका सरकारले लगाएको तेहेरो करका विरुद्धमा सशक्त आन्दोलनमा उत्रनुपरेको बताउनु भयो ।

बन महासङ ५ न प्रदेशका अध्यक्ष बसन्ती अधिकारिको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले कानूनी अवरोधले गर्दा उपभोक्ताले संरक्षण गरेको वनबाट दाउरा, जडीबुटी, काठ जस्ता वनपैदावार निकासीमा अप्ठेरोपरेको कारण उपयोग गर्न नपाएका कारण नष्ट भएर खेर जाने गरेको बताएका छन।
उनिहरुले उपभोक्ताले संरक्षण गरेको वनमा वैज्ञानिक वन व्यवस्थापन नीति लागू गरेर जथाभावी फडानी गरेको आरोप सहित वन महासङ्गले उक्त व्यवस्था खारेज गरी दिगो वन व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ।

सभापूर्व एक बिरोध र्‍यालीले बुटवल बजारमा प्रदर्शन गरेको थियो । प्रदर्शनपछि बुटवलको ट्राफिक चोकमा सभा गरिएको थियो । सभामा ५ न प्रदेशका सबै जिल्लाका सामुदायिक बनका हजारौं उपभोक्ताको सहभागिता रहेको थियो । प्रदेश उपाध्यक्ष तिलक राम भण्डारीको स्वागत मन्तव्यबाट शुरु कार्यक्रममा जिल्ला अध्यक्षहरुले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*