Home / Feature Breaking news / प्रजातान्त्रिक प्यानलद्धारा प्रतिवद्धता सार्वजनिक, प्रचारप्रसार तीव्र

प्रजातान्त्रिक प्यानलद्धारा प्रतिवद्धता सार्वजनिक, प्रचारप्रसार तीव्र

घोराही, २७ साउन
दाङ जिल्ला उद्योग वाणीज्य संघको साउन ३१ गतेहुने निर्वानकालागी प्रजातान्त्रीक प्यानलले प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । प्रजातान्त्रीक प्यानलले आफूहरु निर्वाचित भएपछि गर्ने कार्यहरुसहितको प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।

20728184_1441075092650478_8442340424532371506_n
प्राजातान्त्रिक उद्यमी संघले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा व्यवसायिक हकहितमा काम गर्ने, व्यक्तिगत रुपमा विनादर्ता हुने अवैध व्यापार लाई निरुत्साहित गर्ने, हप्ताको एक दिन व्यवसाय बन्दलाई शतप्रतिशत कार्यान्वयनमा ल्याउने, बजारको फोहोर व्यवस्थापनमा वर्तमान समयमा देखिएको समस्यालाई सम्बन्धित क्षेत्रसँग समन्वय गरी समाधान गर्ने, घरधनी र घर बहालवालाबीच देखिने समस्याहरुलाई समन्वय गरी उपयुक्त न्यायिक र वैज्ञानिक समाधान गर्न पहल गर्ने, अव्यवस्थित बजारलाई व्यवस्थापन गर्न पहल गर्ने, हप्तामा एक दिन हाटबजारलाई सञ्चालनमा ल्याउने र निरन्तरता दिने, पर्यटकीय क्षेत्रको विकाससँगै पर्यटक भित्र्याउने कार्यक्रमलाई प्राथमिकता दिने, बहुउद्देश्य सभाहल सम्पन्न गर्नमा अग्रसरता लिने समेटिएको छ ।

यस्तै दाङलाई प्रादेशिक राजधानीकालागि पहल गर्ने, कोइलाबास सडक र नाका सञ्चालनमा पहल गर्ने, सम्पूर्ण व्यवसायीहरुलाई उद्योग वाणिज्य संघको दायरामा ल्याउने, औद्योगिक क्षेत्र सञ्चालनमा पहल गर्ने, घोराही–मुर्कुटी–प्यूठान सडकखण्ड स्तरोन्नति गरी सञ्चालनमा ल्याउन पहल गर्ने, राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पहल गर्ने लगायतका रहेका छन् । विजयी भएर यी प्रतिवद्धतालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने अध्यक्षका उमेद्वार मञ्जु वजा्रचार्यले बताउनुभयो ।

प्रचारप्रसार तीव्र
निर्वाचनकालागी हिजो विहीवारदेखी सुरु भएको प्रचारप्रसार कार्यक्रम अन्तरगत आज शुक्रवार पनि घरदैलो कार्यक्रम भएको छ । घोराहीको बैंक रोडबाट सुरु भएको घरदैलो एवं व्यवसायी भेटघाट कार्यक्रम दामोदर चोक, न्यूरोड, तुलसीपुर चोक, दिपशीखा रोड, रतनपुर, डिके पेट्रोल पम्प आसपास, सहिद गेट क्षेत्र लगायत स्थानमा घरदैलो यर्दै घर एवं पसलमा पुगेर आफूहरुलाई मतदात गर्न अनुरोध गरेको सदस्य पदका उमेद्वार मिनराज भाटले जानकारी दिनुभयो ।

20638611_1441058802652107_2380050101053216848_n

प्रजातन्त्रीक प्यानलबाट अध्यक्षमा मञ्जु बज्राचार्यसहित उद्योग उपाध्यक्षमा बसन्त जोशी, वाणीज्इ उपाध्यक्षमा टंकसिंह बुढाथोकी, महासचिवमा नरेश कार्की, सचिवमा माया पोख्रेल र कोषाध्यक्षमा सुशील पोख्रेल रहनुभएको छ । यस्तै सदस्यहरुमा उाद्योग सदस्य टंकप्रसाद पोख्रेल(कमल), महिला सदस्यमा विन्दु दाहाल, वाणीज्य सदस्यमा मिनराज भाट, सदस्यहरुमा भुवन पोख्रेल, छविनारायण गिरी, तेजबहादुर पौडेल(विश्व), धनपति शर्मा र राजकुमार गुप्ता रहनुभएको छ ।

संयुक्त प्यानलको पनि प्रचार तीव्र
दाङ जिल्ला उद्योग वाणीज्य संघको निर्वाचनकालागि संयुक्त प्यानलले पनि आज घरदैलो कार्यक्रमहरु जारी राखेको छ । अध्यक्ष पदका उमेद्वार नारायण भुषाल सहितको टोलीले पसल एवं घरमा पुगेर भोट मागेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*