Home / Feature Breaking news / तिहारको तयारी : माटोलाई आकार दिँदै ६५ वर्षीय गाजुराम

तिहारको तयारी : माटोलाई आकार दिँदै ६५ वर्षीय गाजुराम

लिलाधर वली

पत्रिंगा(देउखुरी), २८ कार्तिक । देउखुरीको गढवा गाउँपालिका–१ पत्रिंगा निवासी गाजुराम थारु कुमाललाई अहिले माटोका भाँडाहरु बनाउन भ्याइ–नभ्याइ छ । ६५ वर्षीय थारु कुमाललाई विहानै उठेर माटो संकलन गर्ने, त्यसलाई कुट्ने, चाल्ने, भिजाउने अनि मुछेको माटोलाई अनेक आकार दिने काम गर्दै आएका छन् ।

माटोबाट घैँटा, पाला, गमला, करुवा, हाँडी, पैनी, खुत्रुके, पालालगायतका भाँडाहरु बनाउने गरेका उनी हिन्दूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै तिहारका लागि माग अनुसारका माटाका पालाहरु विभिन्न आकृतिमा बनाउने गरेका छन् । बनाएका पालाहरुलाई घाममा सुकाउने र त्यसपछि आगोमा पोलेर उनले पालालाई विक्रीका लागि तयार गर्ने गरेको बताए ।

यसरी तयार गरिएका माटोका भाँडाहरु पहिले विक्रीका लागि गाउँ–गाउँ जानुपर्ने वाध्यता भए पनि अहिले घरबाटै विक्री हुने गरेको समेत उनले बताए । घरबाटै सामग्री विक्री हुन थालेपछि माग समेत बढेको उनी बताउँछन् । उनका अनुसार अहिले पनि तिहारका लागि बनाएका माटाका पाला, कौसीलगायतका सामग्रीहरुको माग बढी आएको छ । तर आपूmहरुले माग अनुसारका भाँडाहरु पु¥याउन नसकिरहेको समेत बताए ।

‘अहिले तिहारमा माटाका पालाको यति धेरै माग आयो कि हामीलाई पु¥याउनै मुस्किल परेको छ’–गाजुराम कुमालले भने–‘अन्य सबै भाँडा बनाउने काम छोडेर तीन बाउँछोराले पाला बनाउँदा पनि माग अनुसारका माटाका भाँडा पु¥याउन सकेका छैनौँ ।’

उनकाअनुसार यस वर्ष दाङका घोराही, तुलसीपुर, भालुवाङ, प्यूठान, सल्यानसँगै बुटवलबाट समेत माटाका पालाहरुको माग आइरहेको उनले बताए । ‘माटाका पालाहरुदाङबाट मात्रै होइन, बाहिरी जिल्ला प्यूठान, सल्यान र बुटलव बजारबाट समेत माग आएको छ तर हामीले बनाएका पालाहरु दाङ र प्यूठानमै अपुग भइरहेको छ’–उनले भने–‘यो वर्ष सुरुमा धेरै वर्षाद भएका कारण जंगलबाट माटो लिन नपाउँदा पहिले पालाहरु बनाउन सकिएन, जसले गर्दा अहिले पु¥याउन भ्याइ–नभ्याइ भएको छ ।’

उनको जस्तै अनुभव छ पत्रिंगाकै तारालाल थारु कुमालको पनि ।उनी पनि आजभोलि पाला बनाउने, सुकाउने अनि पोल्ने काममा व्यस्त छन् । अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष तिहारका लागि माटाका पालाहरुको माग धेरै आएपछि अन्य भाँडाहरु बनाउन छोडेर पाला मात्र बनाउने काम गरेको तारालाल थारु कुमालले बताए । ‘अघिल्ला वर्षहरुको तुलनामा अहिले पालाको धेरै माग आएको छ’–तारालालले भने–‘ तिहार नजिकै आइसक्यो तर हामीलाई भने पु¥याउनै धौ–धौ भएको छ ।’

उनका अनुसार पहिलेका वर्षहरुमा माटाका पालाहरु बनाएर गाउँ–गाउँमा पुगेर बेच्नुपर्ने बाध्यता भए पनि अहिले भने त्यस्तो समस्या हटेको छ । ‘बिजुलीबाट बल्ने झिलीमिली बत्ती र मैनबत्तीका कारण केही वर्ष माटाका पालाहरु बिक्नै समस्या हुने गरेको थियो । त्यो बेला पालाहरु बेच्नलाई आफै बोकेर गाउँ–गाउँसम्म जानुपथ्र्यो’–उनले भने–‘तर अहिले समय बदलिएको छ, घरबाटै पालालगायतका माटाका भाँडाहरु बिक्ने गरेका छन् । हामीलाई बोकेर गाउँ–गाउँसम्म डुलाउन जानुपर्ने बाध्यता छैन ।’ घरबाटै माटाका भाँडाहरु बिक्न थालेपछि आपूmहरुलाई सहज भएको समेत उनले बताए ।

गाजुराम र तारालाल मात्रै होइन हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहारका लागि माटाका भाँडाहरु बनाउन देउखुरीका पत्रिंगा, गैरालगायत ठाउँका कुमाल समुदायलाई भ्याइ–नभ्याइ छ । अन्य समयको तुलनामा तिहारमा माटाका पाला, कौसीलगायतका सामग्रीहरु बढी बिक्ने भएपछि कामको चाँप समेत बढ्ने गरेको राजकुमार थारु कुमाल बताउँछन् ।

परम्परागत शैलीलाई छोडेर आधुनिक तरिकाले माटोका भाँडाहरु बनाउने गरेका उनले आम्दानी समेत बढी हुने गरेको बताए । ‘परम्परागत भन्दा प्रविधिको प्रयोग गरेर काम गर्दा सहजतासँगै आम्दानी बढ्ने गरेको छ’–उनले भने–‘काममा सहजतासँगै थोरै समयमा धेरै सामग्री बनाउन सकिने भएकाले समेत फाइदा हुने रहेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*