घोराही, २८ साउन
रातिदेखीको अविरल वर्षाका कारण दाङमा सवारी साधनहरु चल्न सकेका छैनन् । घोराही तुलसीपुर सडकखण्डको मोतिपुरमा कल्भर्ट भत्कदा सडक पूर्ण रुपमा बन्द भएको छ । राति नै सडक बगाएपछि सवारी साधनहरु ठप्प छन् ।
लमही–तुलसीपुर सडक खण्डमा रहेका खोलाहरुमा आएको बाढिका कारण सवारी साधनहरु चल्न नसकेका हुन् । घोराही–लमही सडकको बबई खोलामा आएको बाढिले साना तथा ठुला ससारी साधनहरु चल्न सकेका छैनन् भने अन्य खोलाहरुमा पनि आएको बाढिले सडक बन्द छ ।
राजमार्ग पनि पूर्ण रुपमा बन्द रहेको प्रहरीले बताएको छ । लमही नगरपालिका वडा नम्ब्र ९ को च्याउखोलमा आएको पहिरोले गर्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
बबई नदिमा आएको बाढिका कारण फुलवारी र गोल्टाकुरीमा केही घर भत्कीएको र केही स्थानमा डुबान भएको स्थानीयबासीहरुले बताएका छन् । जिल्लाका धेरै स्थानमा सामान्य डुबान भएको बताईएको छ ।