Home / Feature Breaking news / अन्धकारमै उपमहानगरबासीः पोल छ, विजुली छैन

अन्धकारमै उपमहानगरबासीः पोल छ, विजुली छैन

आभास बुढाथोकी
घोराही, ९ भदौ
सावरीकोट डाँडाबाट रातको समयमा घोराही बजारमा झिलीमिलीे विजुली बत्ती बलेको दृश्य ६० वर्षिय बमबहादुर बुढालाई निकै रमाइलो लाग्छ । सावरीकोटको डाँडापाखा पनि यस्तै झिलीमिली कहिले होला भनेर उनी बरोबर कल्पीरहन्छन् । अध्यारोमा जोवन विताएका बमबहादुरलाई एकपटक गाउँमा विजुली बत्ती बलेको देख्ने ठुलो धोको छ ।

करिब एक वर्ष अघि विद्यृत विस्तार गर्ने उद्देश्य सहित विद्युत प्राधिकरणले सवारीकोटमा बिजुलीको पोल खसालेको थियो । अन्धकारमा कष्टपुर्ण जीवन बाचिरहेका ६० वर्षिय बमबहादुरसंगै सिगंो सवारीकोटवासी अब भने गाउँ झिलीमिली हुने भयो भनेर निकै रमाएका थिए ।

यसअघि आफ्नो जीवन्तकालमा विजुली बलेको देख्न पाउला भन्ने सपना जस्तै लाग्थ्यो, उनीहरुलाई । गाउँमा विजुलीको पोल गाडिदा त्यो सपना एक वर्ष अगाडी विपनामा परिनत भयो भन्दै उनी निकै रमाएका थिए । खुुसीको कुनै सिमा थिएन, त्यतीबेला उनीसंग ।

गाउँमा विजुलीका पोल गाडिदा दशै र तिहारजस्तै ठुलै पर्वका रुपमा प्रत्येक घरमा खुसी छाएको थियो । टुकीको बक्ती बालेर पढ्न बाध्य त्यहाँका बालबालीकाहरु अब वक्तीबालेर पढ्न पाइने भयो भन्दै खुसीले उफ्रिएका थिए । तर घोराही बजारझै प्रत्येक घरमा विजुली बालेर गाउँनै चकमग्न बनाउने सावरीकोटवासीको सपना सपना नै रह्यो । गाउँमा बिजुलीको पोल त गाडिए, तर ति घरमा बिजुली भने आएन ।

बिजुली आउने आशमा मयनबत्ती र टुक्की कुनामा थन्याई सकेका थिए, उनीहरुले । वषौै वित्न लाग्दा पनि गाउँमा विजुलीको बक्ती नबलेपछि फेरी प्रत्येक घर–घरमा मयनबत्ती र टुक्की बल्न थाले । ‘एक वर्षअघि पोल गाड्ढा बिजुली आउछ भन्थे । खै हाम्रा घरसम्म आएन ?’उनले भने, ‘विजुली सपना नै भयो ।’

एक वर्षमै बत्ति बल्छः विद्युत प्राधिकरण
विद्युत प्राधिकरण दाङले सवारीकोटमा विद्युत एकवर्षम भित्रै आउने जानकारी दिएको छ । ईन्जीनियर प्रमोदकुमार सिङका अनुसार प्रसानकार्य सम्पुर्णरुपमा सम्पन्न भईसकेको छ भनेविद्यृत वितरणका कार्य बाकी रहेको छ । स्थानिय तहको चुनावका कारणले ढिलाई भएको र बजेटका अपुगले नै काम सम्पुर्ण रुपले सम्पन्न हुन नसकेको उहाँको भनाई छ ।
९५ प्रतिशत काम सम्पुर्ण रुपले सम्पन्न भइसकेको र लाइन वितरणका लागि टन्सफर्मर जडान र अन्यकेही प्रविधिक कामहरुगरी ५ प्रतिशत मात्रै बाकी रहेको उहाँले बताउनुभयो । बजेट आए लगतै काम शुरु हुने उहाँले बताउनुभयो । काम शुरुभएको दुई दुई देखि तिन महिना भित्रै प्रत्येक घरमा विजुली आउने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*