Home / Feature Breaking news / जनताले शान्ति खोजेका छन्, देशभर कांग्रेसको लहर छः नेता खाँड

जनताले शान्ति खोजेका छन्, देशभर कांग्रेसको लहर छः नेता खाँड

घोराही, १३ मंसिर
नेपाली काग्रेसका नेता तथा केन्दीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले अहिलेको हुन थालेको निर्वाचनलाई लोकतन्त्र र अधिनायकवादको जनमत संग्रहका रुपमा लिइएको बताएका छन् ।

नेपाल प्रेस युनियन दाङ शााखाले बुधवार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खाडले अहिलेको निर्वाचनमा काग्रेस संविधानको कार्यान्वयनसँगै स्थायी शान्तिका माध्यमवाट दिगो विकासको एजेण्डा लिएर चुनावमा आएको कम्युनिष्ट पार्टी कम्युनिष्ट शासनका माध्यमवाट समाजवाद ताकेकाले पनि चुनावलाई लोकतन्त्र कि अधिनायकवाद भनेर फैसला गर्ने जनताको हातमा रहेको बताउनुभएको हो । खाँडले जनताले शान्ति खोजेको भन्दै शान्तिकालागि कांग्रेस आवश्यक भएको भन्दै देशभर कांग्रेसको लहर आईसकेको बताउनुभयो ।

यसैविच हुने मंगलवार तुलसीपुरमा भएको बम विप्फोटको घटनाको विरोध गरेका छन । लोकतन्त्रीक व्यवस्थामा निर्वाचनमा जनताहरु सहभागी हुन पाउने अधिकारलाई सम्मान गर्दै नेता खाडले राजनीतिक एजेण्डा पुरा गर्नका लागि विरोधी पक्षलाई शान्तिपूण वार्तामा माध्यमवाट वार्तामा आउन समेत आग्रह गर्दै ज्यान गुमाउने चौधरीलाई शहीद घोषणा गर्न माग गर्नु भयो ।

उहाँले भन्नुभयो– ‘घटनामा परी घाइते भएकाहरुको उचित उपचारको व्यवस्था मिलाउन काग्रेसले सरकारलाई आग्रह गर्दछ ।’ कसैको ज्यान लिने गरि यसरी बम विष्फोट गराउनु गैर राजनितिक चरीत्र भएको टिप्पणि गर्दै राज्यले यस्ता आपराधीक कृयाकलापलाई नियन्त्रणमा लिनुपर्ने उहाँको भनाई छ ।

राजनितिक माग भए वार्ता र संवादको लागि पहल गर्न सरकारलाई अनुरोध गर्दै काग्रेस नेता खाँडले राजनितिक माग नभए आपराधिक कृयाकलाप तत्काल नियन्त्रण लिन काग्रेसले सरकारसमक्ष जोडदार माग गरेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*