Home / Feature Breaking news / घोराही–तुलसीपुर फोरलेन सडकमा ठेकेदारको चरम ढिलासुस्ती,कांग्रेसको चासो

घोराही–तुलसीपुर फोरलेन सडकमा ठेकेदारको चरम ढिलासुस्ती,कांग्रेसको चासो

दाङ, ११ चैत । घोराही–तुलसीपुर फोरलेन सडक निर्माणमा ठेकेदारले चरण लारवाही गरेको भन्दै नेपाली कांग्रेस दाङले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्लाको मुख्य सडकखण्ड निर्माणको नाममा लामो समयसम्म अस्तव्यस्त हुँदा विकास निर्माणमा ढिलाईसँगै जोखिमपूर्ण यात्रा गर्न बाध्यता रहेको भन्दै उक्त जोखिम हटाउन सम्वन्धीत निकायलाई आग्रह गरेको हो ।

नेपाली कांग्रेस दाङले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै सडक निर्माणमा भएको ढिलासुस्तीका कारण विकास निर्माणमा ढिलाई हुनका साथै करिव तीन बर्षको अवधिमा करिव २२ जनाले ज्यान गुमाउनु परेको भन्दै कांग्रेसले लापरवार्ही गर्ने ठेकेदारलाई कारवाही गर्दै सडक निर्माणको कार्यलाई अघि बढाउन आग्रह गरेको हो ।

विकास निमार्णमा भएको ढिलाई र वेवास्ताका कारण सर्वसाधारण नागरिकले सास्ती भोग्नु परिरहेको नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले बताए । उनले सडक निर्माणको जिम्मा पाएको भारतको मुम्वईस्थीत तथ्य इन्जिनियरीङ एण्ड इन्फ्रास्ट्रक्चर प्रालि आफै काममा नआएर पेटी ठेकेदारलाई खटाउँदा काममा खटिएका पेटी ठेकेदारबाट काममा कुनै पनि गम्भीरता नदेखिएको भन्दै काममा सम्वन्धीत निर्माण व्यवसायीलाई झिकाउन समेत आग्रह गरे ।

उनले सन २०१९ जनवरीमा सम्झौता भएर दुई पटक म्यादथप गर्दा २०२२ मे महिनामा सकिनुपर्ने काम हालसम्म ६÷७ प्रतिशत मात्र निमार्ण कार्य हुनु दुभाग्य भएको भन्दै निर्माणको कार्यलाई अघि बढाउन जिल्ला प्रशासन कार्यालयलाई पहल गर्न समेत विज्ञप्तिमार्फत आग्रह गरेका छन् । जिल्लाको मुख्य सडकखण्ड निमार्णको नाममा लामो समयसम्म अस्तव्यस्त भएका कारण यात्रुहरुले जोखीमपूर्ण यात्रा गर्न बाध्य भएका छन् भने यसले दुर्घट्नाको जोखिम बढाएको छ ।

त्यसैगरी आर्थिक लेनदेनको मुद्धामा सडक निर्माण कम्पनीका प्रतिनीधी पक्राउ परिसकेकाले यो अवस्थामा सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाहीको माग कांग्रेसले गरेको छ । साथै सडक निर्माणका विषयमा गम्भीर बन्न र छिटो भन्दा छिटो सडक विस्तारको काम पूर्ण गर्न सम्बन्धीत सबैमा अनुरोध गरेको छ ।

निर्माण कम्पनीका प्रतिनिधि अनुप पाण्डेले बैंक कसुर एवं अन्य मज्जुरलाई भुक्तानी नदिएका उजुरी परीरहेको सन्दर्भमा पछिल्लो समयमा निर्माण कम्पनीका प्रतिनिधिले सोनापुर सिमेन्ट उत्तरतर्फ राखिएका नदिजन्य पदार्थ गिट्टी, बालुवा, ढुंगा, क्रसिङ मेसीन लगायतका सामाग्री सोनापुरलाई हस्तान्तरण गर्ने सहमती बुझिएको त्यसतर्फ गम्भीर बन्न प्रशासनको ध्यानाकर्षण गराएको छ ।

चारलेन सडकका नाममा स्थानिय पालिकाले कर नलिएरै नदिजन्य पदार्थ उपलव्ध गराएकोमा ती कच्चा पदार्थ व्यापारीक लेनदेनको हिसाव मिलाउन अर्कै निजी कम्पनीलाइ दिने सहमतीप्रति पनि हाम्रो घोर आपत्ति छ । यस्तो कार्यलाई तत्काल रोक्न नेपाली कांग्रेसले जिल्ला प्रशासन कार्यालय, चारलेन सडक स्तरोन्नती परियोजना लमही कार्यालयलगायतलाई आग्रह समेत गरेको छ ।

चारलेनका नाममा लिएका नदिजन्य पदार्थलाई अन्य प्रयोजनमा बेचविखन भए त्यसका विरुद्ध कडा आन्दोलन गर्ने कांग्रेस दाङले चेतावनी दिएको छ ।समयमै निमार्णकार्य सम्पन्न नभएमा थप सघर्षका कार्यक्रम घोषणा गरिने नेपाली काग्रेस दाङका सचिव अजूर्न कुमार योगीले जानकारी दिएका छन् । उनले कांग्रेसले उठाएको विषयप्रति गम्भीर बन्न समेत आग्रह गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै प्रजिअ रेग्मीले फोरलेन सडक जिल्लाकै गौरबको आयोजनामा भएपनि सडक विस्तारसँगै निर्माणमा ढिलाई हुनु दुखद भएको बताए । जनताको सहजताका लागि सडकलाई समयमै निर्माणका लागि पटकपटक पहल गरेपनि निर्माण व्यवसायीको लापरवाहीले समयमै सडक निर्माण हुन नसकेको बताए ।

उनले सडक निर्माणमा कांग्रेसले गरेको खबरदारीले सकारात्मक सन्देश दिएको भन्दै बिकास निर्माण र सुसशानका लागि नियमित खवरदारी आवश्यक रहेको बताए । उनले फोरलेनका ठेकेदारलाई जिल्ला प्रहरी कार्यालय दाङले बैंक कशुरमा पक्राउ गरि कारबाही अगाडि बढाएकाले दोषीले कारवाही गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*