Home / Feature Breaking news / आइटिएफ तेक्वान्दोमा दाङलाई एक गोल्डसहित ७ मेडल

आइटिएफ तेक्वान्दोमा दाङलाई एक गोल्डसहित ७ मेडल

दाङ,२४ फागुन । प्रदेश नं. ५ स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता २०७५ छनोटका लागि नेपालगंजमा भएको प्रतियोगितामा दाङले १ गोल्ड मेडलसहित सात मेडल जित्न सफल भएको छ ।

बृहत आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश नं. ५ स्तरिय टिम तथा खेलाडी छनोटका लागि फागुन २१ देखि २४ गतेसम्म नेपालगंजमा सम्पन्न छनोट प्रतियोगितामा ४०–४५ तौल समूहको सरिता नेपालीले स्पाईरिङतर्फ काश्य र प्याटन तर्फ दाङलाई गोल्ड मेडल दिलाउन सफल भएकी थिइन ।

त्यस्तै रजततर्फ महिलाहरु संचिता पुनमगर, कविता लम्साल र पुरुषतर्फ टिकाराम पुनमगले रजत पदक जित्न सफल भएको दाङ आइटीएफ तेक्वान्दो संघका बरिष्ठ उपाध्यक्ष भीमबहादुर थापाले जानकारी दिए । थापाका अनुसार महिलातर्फ अश्मी पुनमगर, मनिषा श्रेष्ठले काश्य पदक जित्न सफल भएका थिए ।

अव हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याटनतर्फवाट दाङलाई पदक दिलाउन सफल भएकी दंगाली चेली सरिता नेपालीले प्रदेश नं. ५ को प्रतिनिधित्व गर्दै सहभागी हुनेछिन । छनोट प्रतियोगितामा दाङका महिला पुरुषगरि १६ जना खेलाडीहरुले सहभागीता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*