Home / Feature Breaking news / घाेराहीमा ‘गाैतमनगर मार्केट’ सञ्चालन

घाेराहीमा ‘गाैतमनगर मार्केट’ सञ्चालन

घाेराही, २४ फागुन

घाेराहीमा नयाँ मार्केट सञ्चालनमा अाएकाे छ । घाेराहीकाे निमा हल राेडमा ‘गाैतमनगर मार्केट’ शुक्रवारदेखी सञ्चालनमा अाएकाे हाे । मार्केटकाे राष्ट्रिय सभा सदस्य अनिता देवकाेटाले गर्नुभएकाे थियाे ।

मार्केटका सञ्चालक ईन्दिरा गाैतमकाे अध्यक्षतामा भएकाे कार्यक्रममा मार्केटकाे उद्घाटन गर्दै प्रमुख अतिथि अनिता देवकाेटाले यस्ता मार्केटकाे स्थापनाले ग्राहकहरूलाई सहजता दिने बताउनुभयाे । उहाँले एकै स्थानबाट सबै सामाग्रीहरू पाउने भएपछि ग्राहरूमा समयकाे बचतसँगै सहजता अाउने बताउनुभयाे । अार्थिक विकासकाे पूर्वधारमार याे पनि रहेकाे उहाँकाे भनाई छ ।

विशिष्ठ अतिथि प्रदेश सभा सदस्य सरस्वति गाैतमले यस्ता मार्केट सञ्चालनमा अाउनु व्यवसायिक विकास भएकाे भन्दै यसलाई समय अनुसार परिवर्तन गर्नुपर्ने बताउनुभयाे ।

कार्यक्रममा प्रेस काउन्सीलका पूर्व अध्यक्ष नारायणप्रसाद शर्मा, नेकपाका कार्यदल सदस्य सुवास पुन, नेपाली काग्रेसका जिलेला सचिव शंकरप्रसाद डाँगी, घाेराही १४ का अध्यक्ष शक्तिराम डाँगी, १५ का अध्यक्ष रमेशकुमार पाण्डे, १७ का अध्यओ खुसीराम चाैधरी, नागरिक समाज दाङका संयाेजक चन्द्रराज पन्त, दाङ जिल्ला उद्दाेग वाणिज्य संघका अध्यक्ष नारायण भुषाल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले मन्तव्य राख्नुभएकाे थियाे ।

कार्यक्रममा मार्केटका व्यवस्थापक राजिव गाैतमले ७५ वटा सटर रहेकाे मार्केट २ कराेड बढिकाे लगानीमा निर्माण गरिएकाे जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*