दाङ, २५ कार्तिक
दाङ देउखुरी जिल्ला अदालतको नयाँ भवन बन्ने भएको छ । नयाँ बन्ने भवनको शनिवार शिलन्यास गरिएको छ । १८ करेड बढिको लगानीमा बन्ने भवन अत्याधुनिक एवं बालमैत्री र अपांगमैत्री हुने जिल्ला न्यायधिश हेमन्त रावलले जानकारी दिनुभयो ।
भवन ६ तलाको हुने छ जसमा १० वटा इृजलास र ८६ कोठा रहने उहाँले जानकारी दिनुभयो ।
२ वर्षमा निर्माण पुरा हुने भवनको कुल लागत १८ करोड ८६ लाख २४ हजार ६ सय ५५ रुपैया २६ पैसा रहेको छ । भवन २०७६ असोज २२ गते सम्म निर्माण सम्पन्न हुने छ ।
भवनको शिलन्यास गर्दै सर्वोच्च अदालतका प्रधान न्यायधिश गोपाल पराजुलीले न्यायलय प्रविधीमा सक्षम हुदै गएको बताउनुभयो । न्यायलयले प्रविधिमा सक्षम हुदै छिटो सेवा दिईरहेको पराजुलीको भनाई छ ।
उनले पछिल्लो दिनहरुमा न्यायालयका समस्यामा सुधार हुदै गएको भन्दै अझै केही सुधार गर्नुपर्ने विषय भएको बताउनुभयो । जनतालाई सहज रुपमा सेवा दिनकालागि आफूहरु निरन्तर लागिरहेको पनि उहाँको भनाई छ ।
न्यालाय अविचलित हुदै गईरहेको पनि उहाँको भनाई छ । विधिको शासन विना विकास र परिवर्तन सम्भव नभएको बताउदै पराजुलीले विधीको शासन अनुसार विकास भएमा ५ वर्षभित्र देशले विकासमा फडको मार्ने बताउनुभयो ।
न्यायपरिषद्का सदस्य पदम वैदिकले भौतिक संरचनाले पनि काममा प्रभाव पार्ने हुँदा संरचना निर्माण संगै काममा समेता आउने विश्वास व्यक्त गर्नुभयो । सर्वोच्च अदालतका मुख्य रिजल्टार नहकुल सुवेदीले जनताले सहज न्याय पाएको अनुभुति हुने गरी काम गर्नुपर्ने बतानुभयो ।
कार्यक्रममा अवसरमा जिल्ला समन्वय समितीका प्रमुख जितेन्द्रमान नेपाली, घोराही उप महानगरपालिका कार्यालयका प्रमुख नरुलाल चौधरी, वरिष्ठ अधिवक्ता भानुभक्त धिताल, जिल्ला वारका अध्यक्ष प्रदीपकुमार गौतम, नागरीक समाजका संयोजक टिकाराम रेग्मी लगाएतकाले भनाई राखेका थिए । कार्यक्रम उच्च अदालतका का मु प्रमुख न्याधिस श्रीमानकुमार गौतमको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजिकरण जिल्ला न्याधिस हेमन्त रावलले गरेका थिए ।