Home / Feature Breaking news / पुलको योजना ल्याउने राजु खनाल अपराधी नै हुन् त ?

पुलको योजना ल्याउने राजु खनाल अपराधी नै हुन् त ?

मंसिर २५ ।
आम दंगालीहरुको ध्यान अहिले यहि तिथीले आकर्षित गरेको छ । के होला मंसिर २१ गतेको चुनाव ? कसले मार्ला बाजी ? कतै कतै त यति सम्म सुनिन्छ ‘आउ एक÷एक लाख रुपैयाँ बाजी सरम् ।’

चुनावी बहस संगै मतदाताहरुले चुनाव जित्ने आधारहरु पनि पहिल्याउँदैछन् दलहरुका । आँफू समिर्थत दलहरुको जीत पक्कापक्की दाबी गर्नेहरुले विपक्षि समर्थकलाई उसको पार्टी या उम्मेदवारका खोटहरु जबरजस्त थोपर्दै पनि छन् । मिथ्या आरोप लगाएर कसैको बद्मान सम्म गर्न पछि पर्दैनौ हामी, कसैको बदनाम गरेर के भयो र ? आँफूले चुनाव जितिन्छ भने, किन बाँकी राख्ने अरुलाई ? कठै हामि भित्रको सोँच ।

यस्तै निर्वाचनमा उठाईएको एउटा बिषय बनेको छ यहाँ स्थित ‘कटुवा खोला पुल ।’ यहि पुल कसैका लागि चुनाव जिताउने बलियो अस्त्र बनिदिएको छ भने कसैलाई अनाहकमा अपराधिको बिल्ला भिराईदिँदै छ ।

हो, म दाबीका साथ भन्छु कसैप्रति पुलका सम्वन्धमा लगाईएको अहिलेको आरोप अपराधै हो । अहिले यसलाई चुनावी ऐजेण्डा बनाएर आमनागरिक सामु कसैलाई अपराधीका रुपमा प्रस्तुत गर्न खोजिएको छ । मलाई लाग्छ, यो असल राजनीति पक्कै हैन । राजु खनाल त्यस्ता अभागी नेता हुन् । जसलाई बिकासे योजना आफ्नो जिल्लामा पारेकै कारण अपराधिको बिल्ला भिराईँदै छ ।

के पुलको योजना पार्नु राजुको अपराध हो ? बर्षौँ सम्म कचवेमा चिप्लीएर बढेका दुर्घटना रोकेर सुरक्षित यात्राका लागि पुलको योजना ल्याउने राजु के अपराधि भए ? ल ठिक छ राजु अपराधि भए, खोई त धर्मीहरु ? बर्षौँ सम्म कच्रक्क परेको कटुवा खोला पुललाई चाँडो निर्माण गरेर धर्मी बन्न सक्ने ‘महसुर’ कोहि भएन अरु ? कि उनिहरुको दायित्व हैन पुल निर्माण गर्ने ? यदि यसो हो भने जनतालाई भन्न सक्नु पर्यो हामी जनताका प्रतिनीधि हैनौ,राजु मात्रै हुन् । कमसेकम पुलको योजना त पारे ।

मतदाताहरुको मन आफ्नो ब्यक्तिगत प्रभावले जित्न सक्नु असल राजनीति कर्मी हो । तर अपवाह फैलाएर कसैको नीजि जीवनलाई अपराधि सरह जनता सामु उभ्याएर मत तान्न खोज्नु त्यो अँझ ठूलो अपराध हो ।

कटुवा खोला पुल । बर्षौँ देखि निर्माणाधिन छ । सम्पन्न भैसक्नु पर्ने म्याद पटकपटक सकिए । तर पुल बनिसकेन । पुल निर्माणका क्रममा भत्काईएको सडकका कारण दुर्घटना बढेका छन् । अँझ त्यसमाथि उड्ने धुलोले मानव स्वास्थ्यमा असर पारिरहेको छ ।

यो खोलामा पुलको योजना पर्यो । योजना पारे राजु खनालले । आलोचकहरुलाई राजुले यो योजना पारेको हैन भनेर शायद दाबी गर्ने ठाउँ कतै बाँकी छैन । किनकी उनिहरु नै भन्दैछन् ‘राजुले पुल बनाएन । यसर्थ राजु खराव हो , भोट हामीलाई दिनुस्, राजु लाई बिल्कुलै नदिनुस् ।’

संविधानसभा निर्वाचनबाट निर्वाचित भएर संविधानसभा प्रवेश गरेका राजुले पुलको योजना ल्याए । बनाउने काम पनि राजुकै ? राजु संविधानसभा प्रवेश गरेको मिस्त्रीको तालिम लिन हो ? उनी आँफै मिस्त्री बनेर पुल बनाउनु पर्ने थियो ? बेल्चा गैंती बोकेर उनि कटुवा खोलामा धुलाम्य बनेर पुल बनाउनु पर्ने थियो ? हैन, भने पुल बनाउने जिम्मा ठेकेदारको कि योजना पार्ने राजुको ?

पुल नबन्नुमा हात कसको ? ठेकेदारको होईन ? यदि हो भने किन राजुलाई पुन नबनाउने नेता भनेर खोकिरहेका छौँ हामी ? नेत्र विक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले यो पुलको निर्माण जिम्मा लिएका ठेकेदारलाई केहि दिन अघि कालोमोसो दले । के त्यो कालोमोसो यो पुलको योजना ल्याउने राजु खनाललाई दलिनु पथ्र्यो ? ल उसो भए राजुलाई अपराधी देखेर आँफूलाई विकासको मसिहा ठान्नेहरुलाई प्रश्न ‘सडक क्रान्तिका नायक भनेर चिनाईएका कृष्णवहादुर महराले कहाँ के क्रान्ति गरे ?’

आफ्नो अर्थमन्त्री कार्यकालमा हाल बेहाल अवस्थामा रहेको कटुवा खोला पुल र निर्माणाधिन फोरलेन सडकमा किन रकम पारिएन त ? बजेट भाषणमै उल्लेख गरिए न त ? यस्तै बजेट भाषणमा तराईमा सडक बिस्तार गर्ने बहुप्रतिक्षित योजनाको नारा लगाएका तत्कालीन अर्थमन्त्री बिष्णु पौडेलले दाङको सडकलाई किन बजेट पारेनन् त ? यसका साक्षि कांग्रेस नेता योगेन्द्र चौधरीले विष्णुलाई सोधेका थिए ‘दाङ के तराई हैन ? दाङ तराईमा पर्दछ भन्ने तपाईलाई सामान्य ज्ञानपनि छैन ? ’

राजु खनाल त ईमान्दारीताको राजनीति गर्दा रहेछन्, आँफूलाई लागेको आरोप सहेका छन्, तर अरुको प्रमाणित कमजोरीलाई चुनाव जीत्ने रणनीति बनाएका छैनन् । बौद्धिक नेताको रुपमा परिचित एक नेताले उनै खनालको बारेमा एक रेडियो अन्तरवार्ता दिएको पनि सुनियो ।

घुमाईफिराई त्यहि कटुवा खोला पुल र राजु खनालको आलोचना कति अपाच्य ? राजुले बनाउन सकेनन् भने उनि आँफूले किन बनाउन नसकेका त ? योजना ल्याउने सांसदको साटो सडक निर्माणको जिम्मा लिएका सडक डिभिजन कार्यालय, ठेकेदारलाई आलोचना किन नगरेको ? सडकका एकजना ईन्जिनयरले भनेका थिए ‘राजु जिको बारेमा पुलको बिषय जोडेर अनर्गल प्रचारबाजी गरिएको छ ।’ ति ईन्जिनीयरलाई पनि राजुकै कार्यकर्ता भनेर प्रचार गरेको सुन्न नपाउँ । राजुको असली कार्यकर्ता ठानेर सरकारी कर्मचारी ति ईन्जिनीयरलाई पनि अपराधिको बिल्ला भिराएको सुन्न नपाईयोस् ।

यस्तो छ कटुवा खोला पुलको अन्तर्य
२०७१ साल भदौ ११ गते यो पुलको ठेक्का सँम्झौता भयो । ठेक्का सम्झौता अनुसार २०७३ असोज १० गते पुल निर्माण भैसक्नु पथ्र्यो । किन बनेन ? सडक डिभिजनले उल्लेख गरेका कारणहरु यसप्रकार छन्
१)२०७२ सालको महाभुकम्प ।
२) २०७२ असोज देखि चैत सम्मको अघोषित नाकाबन्दी । ईन्धन अभावले कच्चा पदार्थको जोरजाममा ७ महिना सम्म कठिन ।
३) २०७२ बैशाख १ देखि कार्तिक सम्म राष्ट्रपति चुरे संरक्षण कायृक्रमले ढुंगा बालुवा उत्खनन्मा लगाएको रोक । यहि रोकका कारण निर्माण सामाग्रीको अभावमा ७ महिना सम्म काम ठप्प ।
पुल बन्न नसक्नुका यि कारणहरु सडक डिभिजन कार्यालयले उल्लेख गरेको हो । कि यि कारणको लिपिवद्ध पनि राजुले नै गरेका हुन् ?
ठेक्का सम्झौता अवधि सम्म पुल बनेन । पहिलो पटक म्याद थप भयो यो म्याद थप अनुसार गत असोज ६ गते सम्म काम भैसक्नु पथ्र्यो । ठेकेदारको चरम लापरवाहीका कारण पुल निर्माण हुन नसकेको भनेर सडक डिभिजन कार्यालयले ठेक्का रद्धको प्रकृया अघि बढाउने तयारी गरेको छ ।

पुल निर्माणका दोषी राजु खनाल हुन् भने किन ठेकेदारलाई कारवाही गर्दैछ सडक डिभिजनले ? दोषी राजु हुन् भने उनलाई कारवाही गर्नु पर्दैन ? सडकलाई भन्न सक्छौँ हामी ‘दोषी ठेकेदार हैनन्,राजु हुन् निर्दोष ठेकदारलाई नफसाईयोस् ।’

राजु त्यति क्रुर छैनन् । बिकासको योजना ल्याएर नबनोस् भन्ने चिन्तन उनले पक्कै राखेका छैनन् । उनि पनि यो पुल नबन्नुमा उत्तिकै चिन्तीत छन् जति उनका आलोचकहरुको चिन्ता छ । प्रतिनीधिसभा सदस्यका उम्मेदवार राजुलाई एउटा मात्रै सन्देश ‘चुनावमा जीत या हार स्वाभाविकै प्रकृया हो । जित्यौ भने यस्तै पुलका योजनाहरु दाङमा अँझै ल्याउन सक्नु । ताकि आलोचकहरुले त्यो बेला फेरी भनुन् ‘फेरी राजुले पुलको योजना ल्यायो, अब चुनाव जीत्न सजिलो हुने भयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*