Home / Feature Breaking news / घर रोज्ने की पाहुनाः काँग्रेस सचिव शंकर डाँगी

घर रोज्ने की पाहुनाः काँग्रेस सचिव शंकर डाँगी

आगामी मंसीर २१ गते प्रतिनिधीसभा प्रदेशसभा सदस्यकालागि निर्वाचन हुदै छ । निर्वाचनकालागि राजनितिक दलहरु प्रचारप्रसारमा रहेका छन । यस निर्वाचनमा मत कसरी आफनो पक्षमा पार्ने भन्ने लक्ष्यका साथ दलहरु मतदातालाई भेट गर्न सुरु गरिसकेका छन ।

२०७० सालमा ५ वटै निर्वाचन क्षेत्र जितेको नेपाली काँग्रेसलाई अहिले त्यो वर्चस्व कायम राख्नु परेको छ भने बामपन्थि गठवन्धन आफ्नो पकड स्थापीत गर्न चुनावी मैदानमा छ । नेपाली काँग्रेस दाङका सचिव शंकरप्रसाद डाँगी युवाहरुमाझ लोकप्रीय मानिनुहुन्छ । यस पटकको निर्वाचनमा प्रदेश सभा सदस्यकालागि उहाँको चर्चा बलियो रुपमा चलेको थियो ।

जिल्लाको पश्चीम क्षेत्रमा निर्वाचनमा कांग्रेसलाई विजयी बनाउनकालागि उहाँ खटिनुभएको छ । प्रस्तुत छ कांग्रेस दाङका सचिव डाँगीसँग निर्वाचनसँग सम्वन्धीत रहेर पत्रकार देवेन्द्र बस्नेतले गरेको संक्षप्ती कुराकानीः

नेपाली कांग्रेस दाङको चुनावी रणनीति कस्तो छ ?

चुनावमा सबै भन्दा महत्वपूर्ण कुरा मुभिलाईज हो । मतदाताहरुसंगको भेटघाट,उनिहरुसंगको सामिप्यतानै प्रमुख कुरा हुन्छ । हामी अहिले मतदाताहरुसंगको सामिप्यताको डोरी गाँसिरहेका छौँ । जिल्ला तहका नेताहरुसंगै उम्मेदवारहरु अहिले मतदाताहरुलाई भेटेर उहाँहरुको गुनासा सुन्ने, सुझाव सल्लाह माग्ने काम भैरहेको छ ।

हामीहरुले रणनीतिक योजना कांग्रेसले विगत देखि अहिले सम्म गर्दै आएको ‘मुलुकको हित’को बिषयलाई प्रष्ट पारिरहेका छौँ । मुलुकमा जति पनि आमुल परिवर्तनहरु भए, ति सबै कांग्रेसको नेतृत्वमा भएका छन् । यसको ईतिहास साक्षि छ । यसर्थ कांग्रेसले जे बोल्छ त्यो गर्छ भन्ने गतिलो उदाहरण र प्रमाणई मतदाता समक्ष जानकारी दिईरहेका छौँ ।

अनि अर्को कुरा कांग्रेसबाट अहिले चुनिएका उम्मेदवारहरु जनतासंग भिजेका, जनताका प्रतिनीधिहरु हुनुहुन्छ । जनताले आफ्नो सोच्ने व्यक्तिहरुलाई उम्मेदवार बनाएर चुनावी रेसमा होमिनु कांग्रेसको यो अर्को महत्वपूर्ण पाटो हो । र अहिले अन्य दलहरुले जातीय,क्षेत्रीयताको मुद्धालाई उठाएर बिभाजन गर्न खोजेका छन् ।

तर हामीहरु यसको खिलापमा मतदाता समक्ष उभिएका छौँ । यसर्थ समग्रमा भन्ने हो भने मुलुक र जनताको बृहत्तर हितका लागि कांग्रेस चुनावी अभियान लिएर गाउँ पसेको छ ।

यसको प्रभाव चुनावी परिणाममा कस्तो देखिएला ?

स्वाभाविकै रुपमा दाङ कांग्रेसको गढ हो । दाङमा कांग्रेसको योगदानको प्रभाव जत्ति छ, त्यति प्रभाव पार्न सक्ने शक्ति हरु कोहि छैन । मैले यहाँको सञ्चार माध्यमबाटै उद्घोष गर्छु कि नेपाली कांग्रेसले आसन्न निर्वाचनमा दाङमा विजय माला पहिरिन्छ ।

यो दाबीको आधार ?

मैले अघि पनि भने कि दाङ कांग्रेसको गढ हो , प्रमुख आधार भनेकै यहि हो । र मतदाताहरु त्यति अज्ञानी र अबुझ हुनुहुन्न । कुन पार्टी सहि र कुन गलत भनेर छुट्याउन सक्ने खुबी सबै मतदाताहरुमा छ ।

अहिले सम्म दाङको समग्र बिकास कसले गर्यो ? यो मैले जवाफ दिनु पर्दैन, आम मतदाताहरुले बुझिसक्नु भएको छ । अर्को कुरा यो पनि बुझनु भएको छ कि बिकास पाहुना नेताहरु बाट हुँदैन, घरभित्रकै नेताले गर्छ भन्ने । पाहुनाहरुलाई भित्र्याएर यो गर्छु उ गर्छु भनेर भाषण गर्दैमा मतदाताहरुले पत्याउनु हुँदैन, मतदाताहरु धेरै जानकार भैसक्नु भएको छ ।

र अर्को कुरा बाम गठवन्धनको देखावटी प्रचार गरेर आँफूलाई जसरी शक्तिशाली दाबी गरिएको छ , त्यो निराधार छ । यो गठवन्धनहरुले कम्युनिष्टहरु बलिया भएका होलान् , तर जनता हैनन् । हामी चाहन्छौँ, जनता बलियो हुनुपर्छ ।

यो गठवन्धनको सिद्धान्त र लक्ष के ? कम्युनिष्ट शासन लागु गरेर जनतामाथि शासन लाद्ने शासन पद्धति ल्याउन खोजिँदै छ भनेर आममतदाताहरुले बुभmिसकेको कुरा पनि हो ।

र मैले यो आग्रह पनि गर्दछु कि भोली सबैले सबैको सम्मान गरेर लोकतान्त्रीक पद्धतिको संस्कार गर्ने कि मतदाताहरुले आँफू माथि लादिने कम्युनिष्ट शासनको अगिकार गर्ने ? सबै दंगाली दाजुभाई दिदी बहिनी आमा बुवाहरु आँफू माथि लादिने शासन पद्धतिको पछि नलागौँ, यो शासनले आँफूले चाहेको हैन, शासकको दास बनेर बाँच्नु पर्ने दिन आउन दिनबाट अहिलेनै रोकौँ ।

स्थानीय तहको परिणामले त कांग्रेसलाई कमजोर देखायो त ?

हो, यसमा कांग्रेस आफ्नो आन्तरिक व्यवस्थापनमा केहि चुकेकै हो । समयमै पार्टीको आन्तरिक व्यवस्थापन मिलाउन सकेको भए यो नतिजा आउने थिएन । तथापी कांग्रेसलाई त्यो परिणामले कमजोर अनुभुत गराएको छैन ।

त्यो कमजोारीलाई सुधार गरेर आसन्न निर्वाचनमा कांग्रेस सशक्त बनेर अघि बढेको छ । विगतको चुनावी परिणामलाई आँकलन गरेर हैन, नयाँ योजनाका साथ हामीहरु अघि बढेका छौँ । यसर्थ स्थानीय तहको परिणाम अब हुने हरेक निर्वाचनमा परिरहन्छ भन्ने हैन ।

यहाँले दाङको बिकास निर्माण कांग्रेसले गरेको भन्नु भयो, के हुन् ति बिकास उल्लेख गर्न लायक ?

दाङमा जे जति बिकास भए कांग्रेस बाहेक अरु कसले गर्यो ? यहाँ जे जति भएका छन् सबै कांग्रेसकै नेतृत्व भएका हुन्, म यो सबैलाई जानकारी गराउन चाहन्छु । र तपाईलाई २०७० साल अघि र पछि को उपलब्धीको कुरा मात्रै गर्छु ।

२०७० अघि सम्म कांग्रेस नेतृत्वमा रहेन । कांग्रेस नेतृत्वमा नरहँदा त्यो बेलाको दाङको बिकासको गती हेर्नुस् केहि भेट्टाउन सक्नु हुन्छ ? तर २०७० यता नेपाली कांग्रेसको नेतृत्व पश्चात हेर्नुस् दाङको बिकासले कुन रुपमा गति लियो ? यसर्थ २०७० अघि र पछिको बिकासको गतिलाई तुलना गरौँ यसैबाट प्रष्ट हुन्छ कि कांग्रेस ले दाङको बिकासका लागि के गर्यो र अरुले के गरे भन्ने ।

फोर लेन सडक, यहाँका खोलाहरुमा पुल निर्माणका योजना, राप्ती सवास्थ्य विज्ञान प्रतिष्ठान स्थापना कांग्रेसको पहलमा भएका अति महत्वाकांक्षी योजनाहरु हुन् ।

तपाई भन्नु हुन्छ,कांग्रेसले गरेको जस अर्कैले लिईरहेको देखिन्छ त ?

कमांग्रेस काम गर्छ, प्रचार हैन । तर अरु काम हैन प्रचार गर्छन् । यहि हो कम्युनिष्ट र लोकतान्त्रीक सिद्धान्तको फरक । हो,यहाँले भने जस्तै यहाँका विविध योजनाहरुको श्रेय अरुले लिन खोजेका छन् ।

उहाँहरुले गलत प्रचार गरिरहनु भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना के माओवादीले गरेको हो ? के एमालेले गरेको हो ? उहाँहरु यदि जनताको प्रतिनीधि हो भने भन्न सक्नु पर्छ कांग्रेसले गरेको हो भनेर ।

गर्दै नगरेको काम हामीहरुले गरेको भनेर जनता ढाँट्ने ? तत्कालीन पार्टी सभापति सुशील कोईराला नेतृत्वको सरकारका पालामा यो निर्णय भएको छ । कांग्रेसका गगन थापा स्वास्थ्य मन्त्री भएको बेला फाईल अघि बढेको छ । अनि कसरी माओवादी या एमालेले यो काम गरे ? बिकासको पहरेदारको नाटक मञ्चन गरेर जनता झुक्याउने काम भैरहेको छ ।

यसलाई जनताले स्वीकार्दैनन् । हामीले गर्यौँ भनेर फेसबुकमा फोटो हाल्दैमा बिकास हुन्छ ? गरेको हामीहरुले हो,कांग्रेसले हो तर हामी सस्तो प्रचारमा गर्दैनौ उहाँहरु जस्तो ।

अन्त्यमा के भन्नु हुन्छ ?

आसन्न प्रतिनीधिसभा तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस मुलुकको हितका निम्ती मैदानमा होमिएको छ । कथित बामगठवन्धनको कम्युनिष्ट शासन लागु गराउने नियोजित षडयन्त्रको खिलापको लडाई हो यो कांग्रेसका लागि । मुलुक र जनतालाई आफ्नो कब्जामा लिएर शासन लाद्ने यो षडयन्त्रलाई परास्त गर्ने अबको अभियान पनि यो लडाई हो ।

यसर्थ लोकतन्त्रमा प्रतिवद्ध रहि सबैको अधिकारको सम्मान हुने लोकतान्त्रीक पद्धतिको पक्षमा रहन म सम्पूर्ण दंगाली आमा बुवा दाजु भाई तथा दिदी वहिनीहरुलाई बिनम्रता पूर्वक अनुरोध गर्दछु ।

मुलुक सुधार्ने झुठो प्रचारका नाममा लाद्न खोजिएको यो शासनको पक्षमा लाग्नु आफ्नै लागि घातक हो । यसर्थ सुझवुझ तवरबाट निर्णय लिई मुलुकको बृहत्तर हितका लागि कांग्रेसलाई मतदान गरौँ सम्पूर्णमा यहि अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*