Home / Feature Breaking news / मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु
सांकेतिक तस्वीर

मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु

कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ ।

जिल्लाको मोहन्याल गाउँपालिका–७ को कुइने-चिसापानी सडकखण्डअन्तर्गत पितमारीमा बुधबार साँझ दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरू सवार भे१३प १०७४ नम्बरको मोटरसाइकल साँझ ७ बजेतिर सडकबाट करिब दुई सय मिटर तल कर्णाली नदीमा खसेको थियो । उनीहरू अछामबाट बर्दियाको भुरीगाउँ जाने क्रममा दुर्घटनामा परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*