Home / Feature Breaking news / घोराही मेयर कप : कडा प्रतिस्पर्धाका तीन खेल हुदै

घोराही मेयर कप : कडा प्रतिस्पर्धाका तीन खेल हुदै

घोराही, २६ पुस

घोराहीमा जारी मेयर कप प्रतियोगीतामा आज पनि लिग चरणका तीन खेल हुने भएका छन् ।

प्रतियोगीता अन्तरगत आज विहीवार पहिलो खेल बिहान ११ बजे वडा नम्बर ३ र १७, दोस्रो खेल दिउसो १ बजे वडा नम्बर ५ र १० र तेस्रो खेल दिउसो ३ बजे वडा नम्बर १५ र १८ बिच हुने घोराही नगर स्तरिय खेलकुद विकास समितिका संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।

आजका तीनै खेललाई निकै प्रतिस्पर्धात्मक र रोचक खेल रहने अनुमान गरिएको छ ।

प्रतियोगीता अनतरगत वुधवार भएको खेलमा वडा नम्बर १, ६ र १६ हरु बिजयी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*