घोराहीमा जारी मेयर कप प्रतियोगीतामा वुधवार भएको खेलमा वडा नम्बर १, ६ र १६ हरु बिजयी भएका छन् ।
लिग चरणको खेल अन्तरगत पहिलाृे खेलमा वडा नम्बर १ ले वडा नम्बर १९ लाई २ का विरुद्ध ३ गोलले बिजयी भएको छ । यस्तै दोसे खेलमा वडा नम्बर १६ ले वडा नम्बर ११ लाई ३ का विरुद्ध ४ गोलले र तेस्रो खेलमा वडा नम्बर ६ ले वडा नम्बर ७ लाई २ का विरुद्ध ३ गोलले पराजित गदैृ बिजयी भएका छन् ।
प्रतियोगीता अन्तरगत विहीवार पहिलो खेल बिहान ११ बजे वडा नम्बर ३ र १७, दोस्रो खेल दिउसो १ बजे वडा नम्बर ५ र १० र तेस्रो खेल दिउसो ३ बजे वडा नम्बर १५ र १८ बिच हुने घोराही नगर स्तरिय खेलकुद विकास समितिका संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।