Home / Feature Breaking news / समाजकल्याण परिषदका पदाधिकारी बर्खास्त

समाजकल्याण परिषदका पदाधिकारी बर्खास्त

काठमाडौँ, ९ फागुन । बदनियत र कानून विपरीत काम गरेको भन्दै सरकारले समाज कल्याण परिषदका पदाधिकारीलाई पदमुक्त गरेको छ ।

केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु कुञ्जकुमार झा, गोकर्ण भट्ट र सदस्यसचिव डिल्लीप्रसाद भट्टलाई पदमुक्त गरेको हो ।

बदनियतपूर्वक र कानून विपरीत काम गरी समाजकल्याण परिषदलाई हानी पु¥याएकाले पदमुक्त गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

त्यस्तै सरकारले समाजकल्याण परिषदमा भएको आर्थिक, प्रशासनिकलगायतका अनियमिताताबारे थप अनुसन्धान गरी कानूनी कारबाही गर्न त्यससम्बन्धी प्रतिवेदनको प्रलिलिपी अख्तियारमा पठाउने निर्णय पनि सरकारले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*