Home / समाचार / महेन्द्र मावि धर्नाको ६७ औँ बार्षिक उत्सव

महेन्द्र मावि धर्नाको ६७ औँ बार्षिक उत्सव

दाङ,९ फागुन । घोराही उपमहानगरपालिका वडा नं. ५मा रहेको महेन्द्र माध्यामिक विद्यालय धर्नाले एक कार्यक्रमको आयोजना ६७ औँ बार्षिक उत्सव मनाएको छ । विद्यालयको बार्षिक उत्सवमा बोल्ने बक्ताहरुले विद्यालयका भौतिक पूर्वाधार विकासँगै गुणात्मक शैक्षिक विकासका लागि प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्ने बताएका थिए ।

mabi
परम्परागत शिक्षाले स्वदेशमै रोजगारी सिर्जन ागर्न नसक्ने भन्दै सहभागीहरुले प्राविधिक शिक्षा सञ्चालन गर्न जोड दिएका हुन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन डिसीको अध्यक्ष तथा प्रदेशसभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यता एव घोराही उपमहानगरपालिका वडा नं. ५का वडाध्यक्ष बिष्णुमणि दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । बार्षिक उत्सवका अवसरमा पूर्व जनप्रतिनिधि तथा नेपाली काग्रेस धर्नाका नेता कृष्णबहादुर केसी, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष केशव महरा, पूर्व शिक्षकहरु लक्ष्मण योगी, बिष्णु चौधरी, अक्षकोषदाताहरु जागेश्वर अधिकारी, बामदेव सुवेदीलगायतले विद्यालयको सफलताको सुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालयको बार्षिक प्रगतिका बारेमा विद्यालयका प्रधानाध्यापक तिलप्रसाद घर्तिले जानकारी गराएका थिए । बार्षिक उत्सवका अवसरमा विद्यालयमा स्थापना भएका अक्षकोष तथा बार्षिक उत्सवका अवसरमा सञ्चालन भएका कार्यक्रमका बिजेताहरुलाई पुरसकार वितरण गरिएको थियो । विद्यालयका शिक्षक गोपाल नेपालीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण शिक्षक मधुसुदन अधिकारीले गरेका थिए ।

त्यस अवसरमा घोराही उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष बिष्णुमणि दाहालले विद्यालयमा आफुलाई अनुशासित राखि अनुशासित पुरस्कार जित्न सफल दुई जना छात्ररछात्रालाइ १५÷१५ सय रुपैयाँ र प्रमाणपत्र प्रदान गरेका थिए । त्यस अवसरमा विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । माध्यामिक विद्यालय धर्नामा नेपाली माध्यममा शिशु कक्षादेखि दशसम्म तथा अग्रेजी माध्यममा नर्सरीदेखि नौसम्म कक्षा सञ्चालन हुदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*