Home / Feature Breaking news / काठमाडौं जिल्ला अदालतमा महरासँग थुनछेक बहस सुरु

काठमाडौं जिल्ला अदालतमा महरासँग थुनछेक बहस सुरु

काठमाडौँ,१७ कार्तिक । जबरजस्ती करणी प्रयासको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ ।
काठमाडौं जिल्ला अदालतमा आइतबार बिहान ११ बजेबाट उनको थुनछेक बहस सुरु भएको हो । गत शुक्रबार उनीलाई न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासले बयान लिएको थियो ।

महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका महरालाई सरकारी वकीलको कार्यालय, काठमाडौंले गत बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान हुने अदालतले आदेश दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*