काठमाडौं,१७ कार्तिक । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ वटै प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी छिन्। आइतबार राष्ट्रपति भण्डारीले सबै प्रदेशका प्रमुखहरुलाई पदमुक्त गरेकी हुन्।
पदमुक्त हुनेहरुमा प्रदेश १ का प्रा।डा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ का रत्नेश्वर लाल कायश्थ, प्रदेश नम्बर ३ की अनुराधा कोइराला, गण्डकी प्रदेशका बाबुराम कुँवर, प्रदेश नम्बर ५ का उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गा केशर खनाल र सुदुर पश्चिम प्रदेशका मोहनराज मल्ल रहेका छन्।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकले राष्ट्रपति भण्डारीलाई सिफारिस गरेको थियो। राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख बमोजिम पदमुक्त गरेको जनाएको छ।
फाइल फोटो