Home / Feature Breaking news / निर्माणाधिन भवनबाट खसी मजदुरको मृत्यु

निर्माणाधिन भवनबाट खसी मजदुरको मृत्यु

दाङ, १७ कार्तिक । दाङमा निर्माणाधिन सिमेन्ट उद्योगको भवनबाट खसेर एक जना aकामदारको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं.३ मा रहेको सगरमाथा सिमेन्ट उद्योगमा शनिवार साँझ काम गर्ने क्रममा भारत उत्तर प्रदेश निवासी ४५ बर्षीय रमेश कुमार पटेल खसेर घाइते भएका थिए ।

सिमेन्ट उद्योगको नयाँ निर्माणाधिन भवनको फर्मा बनाउने क्रममा खसी टाउकोमा चोट लागेर गम्भीर घाइते भएका पटेलको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*