Home / समाचार / क्लीन तुलसीपुर ग्रीन तुल्सीपुर अभियान ४८ औँ हप्तामा

क्लीन तुलसीपुर ग्रीन तुल्सीपुर अभियान ४८ औँ हप्तामा

दाङ, ३ साउन
क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियान आज देखि ४८ औ हप्तामा प्रवेश गरेको छ । तुलसीपुर बजारलाई सफा एव हरियाली बनाउने उदेश्यले सुरु गरिएको अभियान प्रत्येक मंगलबार सञ्चालन हुदै आएको छ । तुलसीपुर उद्योग बाणिज्य संघ र तुलसीपुर उप–महानगरपालिकाको संयुक्त आयोजना तथा जिल्लामा क्रियाशील विभिन्न संघ संस्थाहरुको समन्वयमा जारी अभियानले तुलसीपुर बजारलाई सरसफाई युक्त बनाउदै लगेको छ ।
पहिलेको तुलनामा बजार क्षेत्र सरसफाईको दृष्टिले धेरै परिवर्तन भएको तुलसीपुरका जेष्ठ नागरिक ललित बहादुर वलीले बताउनु भयो । अभियान शुरु भए देखि बजारबासीहरुमा सरसफाईमा चेतना समेत अभिबृद्धि भएको आफुले पाएको उहाँको भनाई छ । प्रत्येक हप्ताको अभियानमा आफै सहभागि हुने वलिले यो अभियानलाई सधै भरि निरन्तरता दिनु पर्नेमा समेत जोड दिनुभयो ।

20046650_1638528742848203_5524412764804139443_n

अभियानको ४८ औ हप्ताको कार्यक्रम विरेन्द्र चौकबाट सुरु भै अरनिको मैदान परिसरमा सरसफाई गरिएको छ । आजको अभियानका उद्घाटन गर्दै तुलसीपुर उपमहानगर पालिका वडा नम्वर ५ का नवनिर्वाचि अध्यक्ष विरेन्द्र कुमार शाहले बजार क्षेत्रको सरसफाईमा आफुले बिषेश ध्यान दिने बताउनु भयो । शाहले बजार क्षेत्रको सहज आवगमनका लागी पार्कीङको उचित ब्यवस्थापन तथा हर्न निषेधित क्षेत्र घोषणा गरिएको भन्दै सहयोग गर्न सवैमा आग्रह गर्नु भयो ।
बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष बिरु रावतको अध्यक्षतामा भएको आजको अभियानको नेतृत्व केन्द्रिय आयुर्वेद क्याम्पस बिजौरी दाङले गरेको थियो । सो अभियानमा क्याम्पसका बिद्यार्थीहरु र आईडिएल बोर्डिङ स्कुल तुलसीपुरका बिद्यार्थिहरु सहभागि भएका थिए । त्यसैगरी अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पुर्व प्रहरी संगठन लगाएत दर्जनौ संघ संस्थाहरुको सहभागिता रहेको थियो । कार्यक्रम समापनका अवसरमा क्याम्पसका प्राध्यापक डाक्टर श्याममणि अधिकारीले बोल्नु भएको थियो । कार्यक्रमको संचालन संघका प्रेस सल्लाहकार शरद रेग्मी र महासचिव रुपबहादुर खत्री गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*