Home / समाचार / साउन ६ गते दाङमा यातायात बन्दको आह्वान

साउन ६ गते दाङमा यातायात बन्दको आह्वान

घोराही, ३ साउन
अपहरण पछि हत्या गरिएका निर्माण व्यवसायी रणवहादुर घर्तीको हत्याको विरोधमा दाङमा यातायात बन्दको आह्वान गरिएको छ । हिन्दु जागरण नेपालले साउन ६ गते चक्काजामको आह्वान गरेको छ । हिन्दु जागरण नेपाल दाङले आज एक विज्ञप्ती निकालेर जिल्ला सदस्य घर्तीको हत्यामा संलग्नहरुलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै ६ गते शुक्रवार चक्काजामको आह्वान गरेको बताएको छ । हिन्दु जागरण नेपालका अध्यक्ष यमवहादुर भण्डारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा ले आज एक सुचना जारी गर्दै चक्काजाम गर्न लागिएको जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*