Home / समाचार / घोराही–१७ ले क्रियाशील सदस्यहरुको बृहत भेला गर्ने

घोराही–१७ ले क्रियाशील सदस्यहरुको बृहत भेला गर्ने

घोराही, ३ साउन
घोराही उपमहानगरपालीका वडा नम्बर १७ को नेपाली काग्रेस इकाई समितिले आगामी १४ गते क्रियाशील सदस्यहरुको बृहत भेला बोलाएको छ । इकाई समितिको मँगलबार बसेको बैठकले असार १४ गते भएको स्थानिय तहको निर्वाचनमा पार्टिको पराजयका सम्बन्धमा बिस्तृत छलफल गरि पार्टिलाई क्रियासिल गराउनका लागी चाल्नु पर्ने कदमको बारेमा सुझाव लिन भेला बोलाइएको ईकाई संयोजक बुझाउना चौधरीले बताउनु भयो । भेलामा नेपाली काग्रेसको क्षेत्रिय समितिको परिपत्रका सम्बन्धमा पनि छलफल गर्ने बैठकले निर्णय गरेको छ । १४ गते विहान ७ बजे इकाई समितिको कार्यालय घनिबगियामा उपस्थित हुन वडा भित्रका सबै सक्रिय सदस्य, भातृ तथा सुभेच्छुक सँघ सँस्थाका प्रतिनिधि लगायतलाई चौधरीले आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*