देवी भण्डारी
घोराही, २३ फागुन
महीलाको स्वस्थ्य स्वास्थ्य विना देशको आर्थीक समृद्धि हुन नुक्ने आज घोराहीमा आयोजीत एक कार्यक्मका सहभागीले वताएका छन् । संकल्प महीला संचार संस्थाले अन्तराष्ट्रीय श्रमीक महीला दिवसको सन्दर्भ पारेर आयोजना गरेको महिलाको स्वास्थ्यमा परिवारको चासो विषयक अन्र्तक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले उक्त कुरा वताएका हुन ।
महीला घरको समृद्धिको आधार भएको वताउदै सहभागीले महीलाको समृद्धि विना घर, परिवार समाज , समुदाय र राष्ट्रनै समृद्धि हुन नसक्ने भएकाले समृद्धिको आधार महीलाको स्वास्थ्यमा सरकार नै वढी जिम्मेवारका साथ प्रस्तुत हुनुपर्ने वताएका छन । सहभागीले समृद्धीको आधार महीला, महीलाको पुर्ण स्वास्थ्य विना समृद्धिको कुरा हुन नसक्ने भएकाले महीलाको स्वास्थ्यमा सवै जिम्मेवार वन्नु पर्ने वताएका छन ।
संकल्प महिला संचार संस्थाको आयोजनामा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख बक्ता नेपाल परिवार नियोजन संघका स्टाफ नर्स सरिता तामाङले परिवार स्मार्ट हुनका लागी पनि महिलाहरुको स्वास्थ्यमा घरपरिवारले विशेष ध्यान दिनुपर्ने दायित्व रहेको बताउनुभयो ।
यसैगरी कार्यक्रममा बोल्दै तामाङले लैगिंकतालाई आधार मानेर जवसम्म घरपरिवारले महिलाको स्वास्थ्यको बारेमा चासो लिदैन् तबसम्म एउटी महिला स्वास्थ्य रहन नसक्ने बताउनुभयो ।
यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता न्यौपानेले महिलाको स्वास्थ्यमा परिवारको चासो बढाउनकालागी पनि संबिधानमा स्थापित अधिकारलाई कार्यन्वयन गर्न जरुरी रहेको बताउनुभयो
संकल्प महिला संचार संस्थाका उपाध्यक्ष बसुन्धरा गौत्मको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा सिसा नेपाल दाङका अध्यक्ष साजिदा सिद्धिकीले बिद्यालय स्तरबाटै स्वास्थ्यका बारेमा जनचेतना जगाउन आवश्यक रहेको बताउनुभयो ।
यसैगरी कार्यक्रममा बोल्दै अखिल नेपाल महिला संघका मिना गुरुङले अभिभावकहरुका बिचमा अन्र्तक्रियाका साथै बालबिवाह र लागु औषध तथा दुब्र्यसनि न्युनिकरण गर्न जरुरी रहेको बताउनुभयो । यसैगरी कार्यक्रममा बोल्दै नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले महिलाको स्वास्थ्यमा घरपरिवार सबैले बिशेष ध्यान दिन सकेमात्र समुन्त देशको बिकास हुने बताउनुभयो,यसैगरी कार्यक्रममा बोल्दै दाङ महिला जेसिजका अध्यक्ष डोमा पाण्डेयले महिलाको स्वास्थ्यमा परिवारको महत्वपुर्ण भुमिका रहने हुदा घरपरिवार सबैलाई बसालेर महिला स्वास्थ्यका विषयमा सचेतना दिन आवश्यक रहेको बताउनुभयो ।
यसैगरी कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रका लोकमणी रेग्मी,पत्रकार महिला मंञ्चका अध्यक्ष रन्जिता शर्मा,डब्लु डब्लु जे दाङका अध्यक्ष सन्ध्या रेग्मी,नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद शुसिला आर्चाय,पत्रकारहरु देवि भण्डारी,सपना बोहरा,बिमला घर्ति,समिक्षा गाहा लगायतले बोल्नुभयको थियो । कार्यक्रमको सहजीकरण संकल्प महिला संचार संस्थाका सचिब माया पोख्रेलले गर्नुभएको थियो ।