Home / Feature Breaking news / समुन्नत समाज निर्माणमा मेरो भूमीका हुनेछः देवकोटा

समुन्नत समाज निर्माणमा मेरो भूमीका हुनेछः देवकोटा

देवी भण्डारी
घोराही, ११ माघ
नेपाली कांग्रेस दाङकी पुर्व सभासद तथा प्रदेश नं ५ की राष्ट्रिय सभा सदस्यका उम्मेद्धार अनिता देवकोटाले समुन्नत समाज निर्माण गर्ने जिम्मेवारी अव आफुहरुको काँधमा आएको बताउनु भएको छ ।

प्रदेश नबमर पाँचबाट राष्ट्रिउय सभाकालागि सर्वसम्मत निर्वाचित देवकोटाले प्रतिनिधि सभामा वसेर संविधान निमार्ण गर्ने काम पुरा गरेको र अव प्रतिनिधी सभामा बसेर काम गर्दाको अनुभवलाई राष्ट्रिय सभामा प्रयोग गर्ने भन्दै संविधान पछिका थुप्रै कामहरु पुरा गर्ने बचन बद्धता व्यक्त गर्नुभयो ।

मिडिया मञ्च नेपाल दाङको आयोजनामा भएको साक्षात्कार कार्यक्रममा प्रमुख अथितिको रुपमा बोल्दै देवकोटाले महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन नहँुदा सम्म समउन्नत समाजको निमार्ण गर्न नसकिने पनि बताउनुभयो ।

देवकोटाले नेपालको परिवर्तनमा उल्लेख्य भुमीका निर्वाह गरेको दाङले कहिेले पनि न्याय नपाएको वताउदै दाङलाई प्रादेशिक राजधानी तोकीनु पर्नेमा पनि जोड दिनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अथिति नेकपा एमाले बाट राष्ट्रिय सभा सदस्य मिना बुढामगरले नेपाली जनताको लागी राष्ट्रिय सभामा गर्नु पर्ने सबै खाले काममा पछि नपर्ने बताउनु भयो । मिडिया मञ्च नेपालका अध्यक्ष आजाद खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पत्रकार सपना बोहोराले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*