Home / Feature Breaking news / कोरोना सचेतना सन्देश प्रवाह गर्न सञ्चारमाध्यमलाई अनुरोध

कोरोना सचेतना सन्देश प्रवाह गर्न सञ्चारमाध्यमलाई अनुरोध

घोराही, १८ माघ

फ्री मिडिया नेटवर्क दाङले कोरोना महामारीको समयमा सुरक्षित रहदै कोरोनाबाट बच्ने सम्बन्धी सचेतनामूलक सामाग्रीहरु सम्प्रेषण गर्न पत्रकार र सञ्चारमाध्यमहरलाई अनुरोध गरेको छ ।

नेटवर्कको आज मंगलवार घोराहीमा बसेको बैठकले यस्तो अनुरोध गरेको हो । नेटवर्कका संयोजक एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले कोरोना खोप कार्ड दुरुपयोग भएको गुनासोबारे समीक्षा गर्दै यसप्रति संवदनशील हुन सम्बन्धीत सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

बैठकमा जिल्लाको पत्रकारिताको अवश्थाको बारेमा समीक्षा गर्दै निष्पक्ष र सकारात्मक सन्देश दिने समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमहरुलाई सुझाव दिन अनुरोध गर्ने निर्णय गरिएको छ ।

बैठकमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल बार एशोसियसन दाङ, दाङ जिल्ला उद्योग वाणिज्य संघ, महिला मानव अधिकार रक्षक सञ्जाल, स्थानीय तहका प्रतिनिधी, नागरिक समाजका प्रमुख एवं प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*