Home / Feature Breaking news / संसद् पुनःस्थापना हुन्छ, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी हुन्छ : प्रचण्ड

संसद् पुनःस्थापना हुन्छ, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी हुन्छ : प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास व्यक्त गरेका छन् । उनले संविधानको मर्म र भावनाअनुसार संसद् पुनःस्थापना हुुने बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली थप निरंकुशतातर्फ अग्रसर भएको आरोपसमेत उनले लगाए । ओली जनताको नजरमा एक निरंकुश र लोकतन्त्रविरोधी तत्वको रुपमा उजागर भइसकेको भन्दै उनले ओलीको निरंकुश कदमविरुद्ध जनताले जवाफ दिनुपर्ने बताए ।

मंगलबार माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधनपछि श्रद्धाञ्जली अपर्ण गर्न जनकपुरधाम आएका प्रचण्डले सर्वोच्च अदालतले संसद् पुनःस्थापना मात्र नभई १४६ सांसदको हस्ताक्षरको आधारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*