Home / समाचार / पूर्व आईजिपीलाई अपहरणकारी लेख्दा नेविसंघ नेतृृ पक्राउ

पूर्व आईजिपीलाई अपहरणकारी लेख्दा नेविसंघ नेतृृ पक्राउ

काठमाडाै, १६ वैशाख ।
प्रहरीले नेपाल विद्यार्थी संघका प्रदेश २ की निवर्तमान छात्रा संयोजक रीता रिजाललाई पक्राउ गरेको छ । नेविसंघकी महामन्त्री उर्मिला थपलियाका अनुसार रिजाललाई नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनाललाई अपहरणकारी भनेर फेसबुकमा लेख्दा पक्राउ गरिएको हो ।

नेतृ थपलियाले रिजालाई तत्काल रिहाई गर्न माग गरेकी छिन् । ‘नेविसंघ प्रदेश नम्बर २ का निवर्तमान छात्रा संयोजक प्यारी बहिनी रीता रिजाललाई तत्काल रिहाई गर,’ उनले लेखेकी छिन्, ‘आफ्ना जन-विरोधी कामका कारणले चौतर्फी आलोचित ओली सरकार यो विपत्तिको क्षणमा पनि दमनमा उत्रिएको छ ।’

महामन्त्री थपलियाले ‘नेपाल प्रहरीका पूर्वप्रमुखलाई अपहरणकारीको रैछन्’ लेखेकै आधारमामा साइबर क्राइमको आरोप लगाएर बारा जिल्लामा गिरफ्तार गरिएको भन्दै उनको तुरुन्त रिहाई गर्न माग गरेकी छिन् ।

थपलियाले सरकारलाई चेतावनी दिँदै भनेकी छिन्, ‘अन्यथा कडा आन्दोलन गर्न हामी वाध्य हुनेछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*