Home / Feature Breaking news / घोराहीमा मेयर कप फुटवल प्रतियोगिता सुरु, उद्घाटन खेलमा वडा नं. १८ बिजयी

घोराहीमा मेयर कप फुटवल प्रतियोगिता सुरु, उद्घाटन खेलमा वडा नं. १८ बिजयी

दाङ,४ माघ । लुम्बिनी प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले खेल क्षेत्रबाट नाम, दाम सम्मान कमाउन सक्ने गरी अनुशासित रुपमा खेल क्षेत्रमा लाग्न नयाँ पुस्तालाई आग्रह गर्नुभएको छ । राज्यले खेल क्षेत्रको वृहत विकासका लागि वातावरण बनाउँदै लगेको हुँदा यसको लाभ लिन सक्ने गरि खेल क्षेत्रमा लाग्न खेलाडी तथा नयाँ पुस्तालाई आग्रह गर्नु भएको हो ।

घोराही उपमहानगरपालिका स्तरीय मेयर कप तथा उपमेयर कप भलिबल प्रतियोगिताको आइतबार नवलपुरमा उद्घाटन गर्दै प्रमुख अतिथि डाँगीले प्रतिष्पर्धाले मानव जिवनलाई गतिशील बनाउने हुँदा खेलमा अनुशासन अति आवश्यक रहेको बताउनु भयो ।

खेलमा सफलता प्राप्त गर्न एक्लै सम्भव नहुने हुँदा सामुहिकताका माध्यमबाट सहकार्य गरी अघि बढ्नु नै सफलताको आधार रहेको उहाँको भनाई थियो । स्थानीय स्तरबाट शुरु गरिएको खेलबाट पालिका हुँदै जिल्ला प्रदेश र देश विदेशको प्रतिनिधित्व कायम गर्न सक्ने गरी खेल क्षेत्रमा लाग्न उहाँले खेलाडीहरुलाई हौसला प्रदान गर्नु भयो ।

चौथो संस्करणको मेयर कप फुटबल तथा दोश्रो संस्करणको भलिबल प्रतियोगिता उद्घाटन समारोहको अध्यक्षता गर्नुभएका नगर प्रमुख नरुलाल चौधरीले पुर्वाधार विकासको आधार सामानिक विकास रहेको बताउनुभयो । उपमहानगरले भौतिक विकासलाई दिगोे राख्न सामाजिक विकाससँगै मानिसको व्यवहार, आचरण तथा सोँच परिवर्तनमा लागि परेको बताउनु भयो ।

उहाँले अवका युवालाई सुधार गृह नभई खेल मैदान अति आवश्यक भएकाले हरेक वडामा खेल मैदान निर्माण गरेर उनीहरुको रुची अनुसारको खेलमा लाग्न प्रेरित गर्ने काम उपमहानगरले गरिरहेको बताउनु भयो ।

नियमित खेलमा लागेपनि प्रतिष्पर्धा आवश्यक हुने हुँदा उपमहानगरले धेरै ठाउँमा खेलकुद मैदान बनाएर युवाहरुलाई खेलमा आकर्षण गर्दै खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको बताउँदै नगर प्रमुख चौधरीले हरेक क्षेत्रको व्यावसायिकिकरण भए जस्तै खेलमा पनि व्यावायिकिकरण जरुरी रहेको बताउनुभयो ।

उहाँले घोराही उपमहानगरपालिका खेल क्षेत्रलाई पर्यटनसँग जोडेर अघि बढी रहेको जानकारी गराउनुभयो । खेलाकेत्रको विकासले पर्यटन प्रवद्र्धन हुने मात्रै नभई आर्थिक क्षेत्र पनि चलायमान हुने हुँदा यसबाट सबैले लाभ लिने गरी अघि बढ्न आग्रह गर्नुभयो ।

यस्तै, उपप्रमुख सीता सिग्देल न्यौपानेले खेल क्षेत्रबाट राष्ट्रको उन्नति हुने मात्र नभई देशको गरिमा माथि उठाउन भुमिका खेल्ने बताउनुभयो ।

घोराही उपमहानगरले स्थापना कालबाटै खेल क्षेत्रमा विशेष योजना बनाएरै अघि बढेको जिकिर गर्दे उपप्रमुख न्यौपानेले यस पटक पनि वडा स्तरीय फुटबल तथा विद्यालय स्तरीय छात्रा भलिबल प्रतियोगिता संचालन गरिएको जानकारी गराउनु भयो । अनुशासन मानव जीवनमा अति आवश्यक पर्ने हुँदा खेल क्षेत्रबाट नयाँ पुस्तालाई अनुशासन सिकाउने बलियो आधार खेल नै भएको बताउनुभयो ।

घोराही उपमहानगर खेलकुद महाशाखा संयोजक तथा नगर प्रवक्ता भरतमणि अर्यालले खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनमा उपमहानगर लागि परेको उल्लेख गर्दै खेल अनुशासन दैनिक जीवनमा पनि कार्यान्वयनमा लागू गर्न खेलाडीहरुलाई आग्रह गर्नुभयो । खेलमा जीतहार भए पनि अनुशासन कायम राख्न र नियमको पालना गर्दै खेलमा सहभागी बन्न खेलाडीलाई उहाँको आग्रह थियो ।

सो अवसरमा पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासन, वडा अध्यक्षहरुका तर्फबाट वडा नम्बर ५ का अध्यक्ष विष्णुमणि दाहाल, विद्यालयहरुका तर्फबाट पद्मोदय नमूना माविका प्रधानाध्यापक रामप्रसाद जैसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उद्घाटन समारोहको सहजीकरण शिक्षा महाशाखाकी कर्मचारी बिपना बर्तौलाले गर्नुभएको थियो ।

आइतबार भएको चौथो संस्करणको मेयर फुटबलमा साविक विजेता वडा नम्बर १८ र वडा नम्बर १६ बीच भएको प्रतिष्पर्धामा वडा नम्बर १८ विजयी भएको छ । डिफेन्डिङ च्याम्पियन वडा नम्बर १८ गते वडा नम्बर १६ लाई ६–१ को फराकिलो अन्तरले हराएको हो । वडा नम्बर १८ लाई जीत दिलाउन महेश बुढाले २, आशिक पुनले १, साहस रोकाले १ सुमित खत्रीले १ र रविन रोकाले १ गोल गर्नुभयो । वडा नम्बर १६ का तर्फबाट किशोर बिएमले सान्त्वना १ गोल फर्काउनुभयो ।

अब सोमबारबाट दैनिक २ खेल खेलाइने आयोजक घोराही उपमहानगरले बताएको छ । प्रतियोगिता अन्तर्गतका सबै खेल नवलपर खेल मैदानमै हुने छ । नकआउट चरणमा खेलाइएको खेलको फाइलन खेल १४ गते हुने भएको छ । यस्तै, उपमेयर भलिबलको खेल भने ६ गतेबाट उपमहानगरको पछाडिको खेल मैदानमा खेलाइने भएको छ । प्रतियोगिताका विजेताहरुलाई माघ १६ गते एक समारोहका बीच पुरस्कृत गरिने तय भएको प्रवक्ता भरत अर्यालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*